0
गोल्डेन न्यूज संवाददाता
पोखराको न्यूरोडमा माइक्रोबसले ठक्कर दिंदा पैदल यात्रीको ज्यान गएको छ । सोमवार विहान १० बजे बाटो काट्ने क्रममा पोखरा नगर क्षेत्रमा चल्ने माइक्रोले ठक्कर दिंदा ६० बर्षीय बृद्धाको ज्यान गएको हो । चिप्लेढुङ्गाबाट सभागृहचोक तर्फ जाँदै गरेको ग १ ख ३७५२ नम्बरको माइक्रोले ठक्कर दिंदा न्यूरोडकी ६० बर्षीय रुवीना गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । माइक्रोको ठक्करबाट गम्भिर घाइते उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । न्यूरोड स्थित नगरपालिका कार्यालय अगाडि बाटो काट्दै गरेकी बृद्धालाई ठक्कर दिने माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Post a Comment

 
Top