0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ महोत्सव यस बर्षदेखि पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक ब्यापार मेलाको रुपमा हुने भएको छ । आयोजक लेखनाथ उद्योग वाणिज्य संघले सोमवार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार माघ २७ गतेदेखि फागुन ८ गतेसम्म हुने महोत्सव यस बर्ष पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव २०७३ कारुपमा सञ्चालन हुन लागेको हो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने नाराका साथ समग्र लेखनाथको विकास र आर्थिक संबृद्धिका लागि गरिँदै आएको महोत्सवलाई क्षेत्रीय स्तरको मेलाका रुपमा विकास गर्न खोजिएको हो ।
पोखरा प्रदेश नम्बर चारको प्रादेशिक राजधानी हुने भएकाले पनि यो प्रदेशका सबै क्षेत्रलाई समेट्ने गरी महोत्सवलाई बृहत् बनाउन खोजिएको मूल आयोजक समितिका संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिए। यसअघि लेखनाथ–१ भण्डारढिक स्थित खेल मैदानमा हुँदै आएको महोत्सव यस बर्ष भने तालचोकमा हुने भएको छ ।  भण्डारढिक खेल मैदान रंगशालाको रुपमा विकास भएपछि महोत्सव स्थल परिवर्तन गरिएको हो। महोत्सव सम्पन्न गर्न ५१ सदस्सीय कार्यसम्पादन समिति, ७ सदस्सीय निर्देशक समिति, नगर स्तरीय राजनीतिक पार्टीहरुलाई समावेश गरि सल्लाहकार समिति, आवश्यकता अनुसार उपसमिति गठन गरिएको छ। महोत्सवको तयारी तीव्र पारिएको प्रचार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए । महोत्सवमा दर्शकको मनोरञ्जनका लागि राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको दैनिक प्रस्तुतिका साथै गायन विधाको गण्डकी तारालाई पनि निरन्तरता दिइने उनले बताए ।  विद्यालयका छात्र–छात्राहरुको नृत्य र गायन कला प्रस्फुटन गर्ने उद्देश्यले यस वर्षपनि चाइल्ड ट्यालेन्ट शो सँगै खुल्ला कविता प्रतियोगिता हुने आयोजकले जनाएको छ । महोत्सवका अन्य आकर्षणमा बाल उद्यान, खाना महोत्सव, म्युजिक कन्सर्ट, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुति, राष्ट्रिय स्तरका चर्चित कलाकारहरु को दैनिक आगमन, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग तथा व्यापारका विभिन्न विषयमा अन्तत्र्रिmया लगायतका कार्यक्रमहरु रहेका छन् । यता, महोत्सवका लागि सोमवारबाटै स्टल बुकिङ सुरु भएको आयोजकले जनाएको छ । सुरुको ७ दिन स्थानीय तहका उद्योगी व्यवसायीहरुलाई स्टल वुकिङ खुल्ला गरिएको र त्यसपछि मात्रै अन्यका लागि स्टल वुकिङ खुलाउने संघले जनाएको छ । महोत्सवमा कृषि, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, रेष्टुरेण्ट लगायतका करिब तीन सय स्टल रहने बताइएको छ । महोत्सवमा करिब ३ लाख दर्शक भित्रिने अनुमान गरिएको छ । महोत्सवका लागि प्रवेश टिकट मूल्य अभिवृद्धि करसहित ६० रुपैयाँ कायम गरिएको छ भने वृद्धा–बृद्धा, अपाङ्ग र एकल महिलाको सम्मानका लागि नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा भत्ता वितरण कार्डका आधारमा प्रवेश निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ । महोत्सवमा १५ देखि २० करोड बरावरको आर्थिक कारोवार हुने र करिब ९० लाख आम्दानी हुने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि ८० लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ वचत हुने अनुमान छ ।



Post a Comment

 
Top