0
हरि पन्त÷गोल्डेन
बलियो प्रतिद्वन्दी त्रिभुवन आर्मीलाई पराजित गर्दै आयोजक सहारा क्लव १५औं आहारारा गोल्ड कपको उपाधि नजिक पुगेको छ । सहाराले आर्मीलाई ट्राइब्रेकरमा ३ गोलका विरुद्ध ४ गोलले पराजित गरेको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गरि १२० मिनेटमा दुवै टीमले गोलरहित बराबरी खेलेपछि पेनाल्टी सुटआउटमार्फत निर्णय लिइएको थियो । पेनाल्टी सुटआउटमा सहाराका गोलरक्षक सुजित गुरुङ नायक बने । खेल अवधिभर आर्मीका सबै प्रहारलाई उनले जोशिलो पाराले विफल पारिदिए ।  पेनाल्टी सुटआउटमा समेत उनले आर्मीका गोलरक्षक विकास कुथुको प्रहारलाई विफल पारिदिंदा सहारालाई फाइनल प्रवेश सहज बनेको थियो । खेलमा म्यान अफ दी म्याच पनि उनै सुजित गुरुङ घोषित भए । सहाराको जितमा सुशन गुरुङ, शिव सुवेदी र टीम क्याप्टेन उत्तम गुरुङले पेनाल्टीमा गोलको योगदान दिए भने लक्ष्मण केसीको प्रहारलाई आर्मीका गोलरक्षक कुथुले विफल पारेका थिए ।   यता, आर्मीका जितेन्द्र कार्की, सन्तोष तामाङ र टंक बस्नेत गोल गर्न सफल भए भने दीपकुमार लामा र गोलरक्षक कुथु असफल भए । आमाको पेनाल्टी प्रहार पोष्ट माथिबाट बाहिरिएको थियो भने कुथुको प्रहारलाई सहाराका गोलरक्षक सुजितले विफल पारे ।  यो जित संगै सहाराले गतवर्ष सेमिफाइनलमै व्यहोरेको हारको बदला लिएको छ । गतवर्ष सहारा आर्मीसंग २–० ले पराजित भएको थियो । करिब फाइनल जस्तै मानिएको प्रतियोगितामा हजारौं दर्शकहरु सहभागी थिए । ती दर्शकहरु खेलको अन्तिम समयसम्म नै बसेका थिए । खेल अवधिभर आर्मीले सहारालाई निकै दवावमा राखेको थियो । सहाराले पहिलो हाफमा केही खेल प्रदर्शन गरेपछि दोस्रो हाफमा रक्षात्मक पंक्ति बलियो बनाएर खेलेको थियो । सहाराको रक्षात्मक पंक्ति तोड्न आर्मीलाई निकै कठिन भयो । सहाराको रक्षात्मक पंक्ति तोडेर आर्मी अघि बढेपनि सबै प्रयासमा गोलरक्षक सुजित बाधक बनिदिएका थिए । दोस्रो हाफमा सहाराले रक्षात्मक भएर खेल्दा निकै बल कम मात्रामा बीच भाग काटेको थियो । यो सम्मकी सहाराका खेलाडी थ्रो र फ्रिकिक हान्न पनि रेफ्रीले इशारामा मात्र जान्थे । खेल अवधिभर सहारा टाइम पास गर्ने पक्षमा थियो भने आर्मी कसरी हुन्छ छिटो गोल गर्ने पक्षमा थियो । यो सम्मकी सहारा आर्मीलाई सजरी हुन्छ गोल गर्नबाट रोकेर पेनाल्टी सुटआउटमै पुगे जित्न सकिन्छ भन्ने लक्ष्यमा रहेको बुझ्न सकिन्थ्यो । सहाराका खेलाडी मिडफिल्ड काट्न निकै डराएका देखिन्थे । खेलाडी मिडफिल्ड काटिहाले प्रशिक्षक किरण श्रेष्ठ खेलाडीलाई तल रहन इशारा गर्थे भने खेलाडी तत्काल डौडिएर रक्षापंक्तिमै झर्थे ।

आर्मीको आठौं मिनेटमा दीप कुमार लामाले करिब २० यार्डबाट प्रहार गरेको वल फष्टवारमै पुग्दा सहाराका गोलरक्षक सुजितले विफल पारे । पहिलो हापको ईन्जुरी समयमा  करिब ३० यार्डबाट विकास तामाङको प्रहार पनि सुजितले नै विफल तुल्याए । खेलको ५३औं मिनेटमा विकास तामाङको कर्नर वललाई कप्तान भरत खवासले हेड गर्न खोज्दा हेड फिल्क हुँदै बाहिरिएको थियो । यता, सहाराका शिव सुवेदीले खेलको छैटौं मिनेटमै पोष्टमा प्रहार गरेको वल सेकेण्ड बार हुदै बाहिरिएको थियो भने खेलको अन्तिम समयमा कप्तान उत्तम गुरुङको कर्नर प्रहार वल गोललाईनमा धुलमुलमा ड्रप भई रहँदा आर्मीका गोलरक्षक कुथुले बचाए । आहा गोल्डकपमा सहारा र आर्मीको भेट योसहित ४ पटक भएमा दुवै टीमले २÷२ जित दर्ता गराएका छन् । सहाराका खेलाडी वविले आर्मीका कप्तान भरत खवासलाई मैदानको करीब मध्य भागमा लडाएपछि मुख्य रेफ्री सुदेश कुमार पाण्डेले रेड कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए । ववि यस बर्षको आहारारा गोल्डपकमा रातो कार्ड पाउने पहिलो खेलाडी हुन् ।  आर्मीका प्रशिक्षक नविन न्यौपानेले पहिलो हापमा गोल गर्ने धेरै प्रयास सफल नुहँदा र दोस्रो हाफमा सहाराले डिफेन्सिप रणनीति लिंदा गोल गर्न नसकेको बताए । उनले भने–‘सहाराले हाम्रो खेलको रणनीति नै विगार्यो । जसले गर्दा हामीले गोल गर्न सकेनौं, आफ्ना आक्रामक शैलीमा उत्रिएकाले पनि अतिरिक्त समयमा खेलाडीहरु बढी थाके र खेल्न सकेनन्। सहाराका प्रशिक्षक किरण श्रेष्ठले आर्मीको सेट टीम भएकोले आफूहरुले उनीहरु बिरुद्ध सुरुबाटै डिफेन्सिप रणनीतिमा खेलेको बताए । उनले भने–‘आजको खेलमा दर्शकहरुले पनि हामीलाई साथ दिनु भयो, मेरो रणनीतिमा खेलाडीहरुले राम्रोसंग खेले । त्यसका कारण जित हाम्रो पोल्टामा पर्न गयो । फाईनल खेल जित्ने रणनीतिका साथ खेल्ने तयारी गर्दैछौं । आहारारामा तीन पटकसम्म फाईनलमा पुगेर उपविजेतामै सीमित आर्मीले यसपटक सेमिफाईनलबाटै विश्राम लिन बाध्य भयो । आहा गोल्डकपको सातौंं, र आठौं संस्करणको फाइनलमा नेपाल पुलिससंग फाईनलमा पराजित भएको आर्मीै गत बर्ष मनाङसंग पराजित भएको थियो । प्रतियोगितामा बिहीबार डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी र संकटा क्लव बीच खेल हुनेछ । समूह बीमा रहेको मनाङले धरान फुटवल क्लवलाई र संकटा क्लवले बंगलादेशको नारायणगञ्ज फुटवल क्लवलाई पराजित गर्दै सेमिफाईनलमा यात्रा बनाएका हुन् ।



Post a Comment

 
Top