0
गोल्डेन न्यूज संवाददाता
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका मन्त्री कुमार खड्काले आफू कस्केली भएकोले समग्र कस्केलीले स्वीकार गर्न सक्ने, इज्जत राख्ने काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको सल्लाहकार मन्त्री हुनुभएकोमा आयोजित स्वागत सम्मान कार्यक्रममा सरकारबाट हुने विकास निर्माण कार्यमा राजनीतिक रुपमा नहेरी सबै पार्टी एक भएर देशको विकासमा लाग्नुपर्ने बताए । मन्त्री भएर पहिलो पटक गृह जिल्ला आएका खड्काले सहकारीले आम समुदायको विकासमा महत्वपूर्ण धारणा राखेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लोक बहादुर थापाको ७१ औं जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायूको कामना सहित बधाई ज्ञापन गरिएको थियो । २०६३ सालमा स्थापना भएको सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाले रेडियो सराङ्गकोटको संचालनदेखि बचत तथा ऋण कारोवार मार्फत २ सय ६३ जना शेयर सदस्यहरुलाई १९ करोड ऋण लगानी गरेको छ । बचत तर्फ २३ करोड गर्दै पुँजीतर्फ ४ करोड ९० लाख रहेको सचिव कृष्ण थापाले बताए । संस्थाले वृहत्तर हितको लागि न्यूरोडमा आफ्नै भवन जग्गा समेत खरिद गरीसकेको छ । संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार शोभियत बहादुर अधिकारी, दुर्गाबहादुर सुनार, संस्थापक अध्यक्ष लोक बहादुर थापा, उपाध्यक्ष अर्जुन बहादुर बस्नेत, संस्थाका सचिव एवं रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापा, लेखा संयोजक शिव बहादुर बानिया, महिला समिति संयोजक इन्द्रकमल मानन्धर, संचालक सदस्य रमेश कुमार थापा, मायाकुमारी शर्मा, व्यवस्थापक सुरेन्द्र थापा, रेडियो सराङ्गकोटका निर्देशक नरेन्द्र कुमार श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।




Post a Comment

 
Top