0
गोल्डेन न्यूज संवाददाता
अखिल नेपाल फुटवल संघका पदाधिकारी तथा सदस्यको उपस्थितिमा क्षेत्रीय फुटवल संघ, पश्चिमाञ्चल क्षेत्रीय फुटवल संघको पदाधिकारी तथा सदस्यको चयन भएको छ । एन्फा केन्द्रका बरिष्ठ उपाध्यक्ष मणि कुँवर, उपमहासचिव गणेश बहादुर भट्टराई तथा अन्य सदस्य सहितको बिशेष उपस्थितिमा १३ सदस्य नयाँ कार्यसमिति चयन भएको हो । क्षेत्रीय अध्यक्ष खेमबहादुर गुरुङले पदाधिकारी तथा सदस्य चयन गरेका हुन । संघको उपाध्यक्षद्वय मदन शेरचन (रुपन्देही) र हरिहर श्रेष्ठ (गोर्खा), सचिवमा विक्रम थकाली (कास्की), कोषाध्यक्षमा मदन केसी (कास्की) रहेका छन ।
 
त्यसैगरी सदस्यहरुमा टिका कार्की (कास्की), एल बी ज्वार्चन  (स्याङजा), ज्योजी श्रेष्ठ (तनहुँ), रामराज गुरुङ (बागलुङ), सेन बहादुर पुन (नवलपरासी), शिव गुरुङ माया (कास्की), भरत शर्मा (पाल्पा), ओम गुरुङ (लमजुङ) रहेका छन । गत पुष २६ गते खेमबहादुर गुरुङलाई एन्फा केन्द्रले क्षेत्रीय अध्यक्षमा चयन गरेको थियो । कार्यक्रममा बोल्दै एन्फा केन्द्रका बरिष्ठ उपाध्यक्ष मणि कुँवरले फुटवल खेलको विकासको लागि ४५ जिल्लामा फुटवल खेलका प्रशिक्षकहरु नियुक्ति गरेको बताए । फुटवल खेलको जुन रुपमा अघि जानु पर्ने हो, विभिन्न कारणले गदा अघि बढ्न नसकेको भन्दैै एन्फाले तल्लो स्तरबाटै फुटवल खेलको विकासका लागि जिल्लाहरुमा फुटवल एकेडेमी देखि फुटवल प्रशिक्षण जस्ता कार्यक्रमहरु संचालन गर्ने योजनामा रहेको उनले बताए । रौतहटमा महिला फुटवल खेलाडीहरु बढी भएकोले त्यस क्षेत्रका महिला फुटवल खेलाडीहरु को लागि एकीकृत गर्ने उद्देश्यले यही बर्ष भित्र १३ बर्ष मुनिका खेलाडीहरु सहभागि एकेडेमी संचालन गर्ने तयारी गरेको बरिष्ठ उपाध्यक्ष कुंवरले बताए ।  उनका अनुसार करिब २५ जना वालीकाहरुलाई त्यस क्षेत्रबाट छनौट गरी एकेडेमीमा राखेर शिक्षा, दिक्षा सहित फुटवल खेलको विकासको लागि एन्फा केन्द्र र रौतहट फुटवल संघको आयोजनामा संचालन हुने । आउदो चैत्र भित्र सुरु गर्ने तयारीमा आफुहरु रहेको जुन एकेडेमी महिलाको पहिलो एकेडेमी हुने उनले दाबी गरे । हाल महिला राष्ट्रिय फुटवल टिममा रौतहट क्षेत्रबाट करीब ५० प्रतिशत जसो खेलाडीहरु पर्ने गरेको कुंँवरले दाबी गरे । महिला फुटवल खेलको धेरै सम्भावना देखेर सो क्षेत्रमा महिला फुटवल एकेडेमी संचालन गर्न लागेको उनले जनाए । कास्कीमा हाल राखेपबाट फुटवल प्रशिक्षक नभएको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले बताए । त्यसको बिषयमा आफुहरुले समन्वय गरी प्रशिक्षको व्यबस्था गर्ने कुंवरले बताए । एन्फाका उपमहासचिव गणेश बहादुर भट्टराईले पोखरामा कम्तिमा ४ महिनाको अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिता हुनुपर्नेमा जोड दिए । उनले भने –‘पोखरालाइ हामीले खेलकुदको राजधानि मात्र भन्ने तर खेलकुदमा, खेलकुदको भौतिक संरचनामा लगानी गर्न डराउने यसमा कसरी खेलकुदको विकास हुन्छ, हामीले भोग्दै आएको दुई दशक भन्दा बढी भयो त्यही पुरानै संरचनामा खेल गतिविधि हुदै आएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले विश्वकै लोकप्रिय खेल फुटवल जुन रुपमा नेपालमा विकास हुनुपर्ने तर फुटवल खेलमा नभएको बताए । रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले पोखरामा दुई ठुला प्रतियोगितालाई गति लिने गरी एन्फा केन्द्रले समय तालिका समयमै तोक्नु पर्ने बताए ।

Post a Comment

 
Top