0
गोल्डेन न्यूज संवाददाता
पोखराको सृजनाचोकमा ओयसिस एजुकेशन संचालनमा आएको छ । सन् २०११ मा अष्ट्रेलयामा स्थापित ओयसिसले नेपालका लागि तेस्रो शाखा स्थापना गरेको हो । उक्त संस्थाको पहिलो र दोस्रो शाखा काठमाडौं र चितवनको भरतपुरमा यसअघि नै संचालनमा आइसकेको छ । पोखरा शाखाको उद्घाटन गर्दै ओयसिसका कार्यकारी प्रमुख एवं अध्यक्ष कुशल के. केसीले नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया उत्कृष्ट गन्तव्य भएको भन्दै नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा भरपर्दो तवरले पठाउन आफ्नो संस्था ओयसिस प्रतिवद्ध रहेको बताए ।  अध्यक्ष केसीले भने–‘अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाने क्रम बढिरहको छ । विशेषगरी प्राविधिक शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या उल्लेख्य मात्रामा रहेको छ । प्राविधिक विषयमा प्लस टु तथा व्याचलर सकेका विद्यार्थीको रोजाईमा विदेश परेको छ ।’ आफ्नो रुची, ईच्छा चाहना तथा परिवारको आर्थिक स्तर अनुसार विद्यार्थीले विदेशी कलेज तथा युनिर्भसिटी छान्ने गरेको केसीले बताए । पोखरा शाखा प्रमुख विकल पौडेलले पोखरेली विद्यार्थीको माया आफूहरुले पाउने विश्वासका साथ ओयसिस एजुकेशन संचालनमा रहेको बताए । उनका अनुसार ओयसिसमा डिप्लोमा, ब्याचलर र मास्टर्सका साथै नर्सिङ, एकाउण्टिङ, विजनेश आइटी अध्ययनका लागि परामर्श दिइन्छ ।  शाखा प्रमुख पौडेलले भने–‘अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्नको लागि बजारमा विभिन्न कन्सल्टेन्सी खुलेका छन् जसले विद्यार्थीलाई सहज भएको छ । अध्ययन गर्न जान चाहने विद्यार्थीलाई मध्यनजर गरेर कन्सल्टेन्सीले काम गर्दै आईरहेका छन् ।’ दक्ष तथा अनुभवी काउन्सिलरबाट विद्यार्थीलाई परामर्श प्रदान गरिने उनले बताए । ‘अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि ओयसिस उत्कृष्ट कन्सल्टेन्सी हो,’ उनले भने,–‘विद्यार्थीको रोजाईमा पोखराको ओयसिस पर्नेमा हामी विश्वस्त छौं ।’ शाखा शुभारम्भका अवसरमा ओयसिस पोखरामा आइएलटिस कक्षा निःशुल्क सञ्चालन गरिने पौडेलले जानकारी दिए । भिषा प्रक्रिया, कलेज तथा युनिभर्सिटीको कोर्ष, फि स्टक्चर, स्कलरशिप लगायतका विषयमा कन्सल्टेन्सीले काउन्सिलिङ गर्दछन् । कुन देश जानका लागि कस्ता खालका डकुमेन्ट आवश्यक पर्दछन् र कसरी तयार गर्ने भन्ने कुरा पनि कन्सल्टेन्सीले काउन्सिलिङको क्रममा विद्यार्थीलाई सिकाउने गरेको पौडेलले बताए ।  संस्थाका केसीका अनुसार विभिन्न देशलाई मध्यनजर गरेर कन्सल्टेन्सीले त्यसै अनुसार काउन्सिलिङ गर्दै आईरहेका छन्  । कुन देश कसरी जाने र कसरी सेटल हुने भन्ने कुरा पनि विद्यार्थिलाई महत्वपूर्ण हुन्छ र कन्सल्टेन्सीले सवै कुराको वारेमा जानकारी दिदै आएका छन् । विद्यार्थीको लागि आवश्यकता महसूस गरी समय समयमा कन्सल्टेन्सीले विभिन्न सेमिनार तथा फेयरको पनि आयोजना गर्दै आईरहेका छन् । जसमा विद्यार्थी तथा अभिभावकले निःशुल्क रुपमा विभिन्न विषयमा परामर्श लिन पाउनेछन्। उनले कलेज तथा युनिभर्सिटीका प्रतिनिधिको पनि सेमिनारमा सहभागिता रहने हुँदा विद्यार्थीलाई धेरै कुराको जानकारी लिन सजिलो हुने गरेको छ ।
कन्सल्टेन्सीले विदेश पलायन बढाएका छन् तथा प्राविधिक जनशक्ति पलायनमा भूमिका खेलेका छन् भन्ने आरोप लागेको पनि पाईन्छ तर कन्सल्टेन्सी यो मान्न तयार नभएको बताए। उनले कन्सलटेन्सी ले विद्यार्थीलाई काउन्सिलिङ गर्ने तथा पठाउने क्रममा अध्ययन सकेपछि नेपालमा नै फर्केर सेवा गर्नुपर्नेमा उनले जोड दिए । उनले भने–‘उच्च शिक्षको लागि विदेश जानु राम्रो हो तर अध्ययन गर्न जाने र उतै पलायन हुनु ठीक होईन । नेपालको शिक्षा सैद्धान्तिक छ । अहिलेको आवश्यकता सैद्धान्तिक शिक्षा भन्दा प्रयोगात्मक शिक्षा हो । विदेशमा शिक्षालाई प्रयोगात्मक तरिकाले सिकाईने हुँदा पनि विद्यार्थीको रोजाईमा विदेशका कलेज तथा युनिभर्सिटी परेका हुन् । विदेश पढ्न जाने र त्यहाँ सिकेको ज्ञान तथा सिपलाई नेपालमा नै ल्याएर प्रयोग गर्नु आवश्यक छ ।’
उनले सकेसम्म नेपालमा नै विद्यार्थीको रोजाई तथा चाहना अनुसारको शिक्षा लिन पाउने व्यवस्था गरियो भने पलायन रोक्न सकिन्छ र विभिन्न उच्चस्तरीय तथा प्राविधिक शिक्षा प्रदान गर्नको लागि नेपालमा पनि युनिभर्सिटी नभएका होईनन् तर तिनीहरुले विद्यार्थीलाई राम्रो संग सिकाउन नसकेको विद्यार्थीको गुनासो रहेको बताए । नेपालमा रहेका कलेज तथा युनिभर्सिटीको शिक्षा प्रणालीमा सुधार गरियो भने नेपाली विद्यार्थी अध्ययनको लागि विदेश जानुपर्दैैन र विदेशी विद्यार्थीलाई अध्ययनका लागि नेपाल आउने वातावरण तयार गर्न सकिने अध्यक्ष केसीले स्पष्ट पारे।  उनले भने–‘नेपालमा काम गर्ने तथा लगानी गर्ने वातावरण नभएकोले नै दक्ष जनशक्ति विदेश पलायन हुने गरेका हो । पलायन रोक्नका लागि नेपालमा काम गर्ने तथा लगानीमैत्री वातावरण सृजना गर्नु आवश्यक छ । विद्यार्थीको पढाई अनुसारको काम दिन सकेमा पलायन रोक्न सकिन्छ ।’



Post a Comment

 
Top