0
लियो जिल्ला परिषद् ३२५ बी १ नेपालको अवार्ड सेरोमनी तथा दोश्रो काउन्सिल मिटिङ्ग पोखरामा सम्पन्न भएको छ । डिष्ट्रिक्ट प्रेजिडेन्ट निरन्जन डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी, निवर्तमान डिष्ट्रिक्ट गभर्नर धु्रव बहादुर थापा, लियो चेयरपर्सन भेकेन्द्र कुमार श्रेष्ठ, मल्टिपल प्रेसिडेन्ट अशोक पौडेल, पास्ट मल्टिपल प्रेसिडेन्ट शेखर कार्की, पास्ट डिष्ट्रिक्ट प्रेसिडेन्ट ई. विप्लव सुवेदी लगायतले लायन्स र लियोको सम्बन्ध र सामाजिक कार्यमा लियोले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए । विष्णु तिमिल्सिना संयोजक रहेको कार्यक्रममा ४३ क्लवबाट २४४ जना लियो सदस्य सहभागी थिए । जिल्ला परिषद्मा हाल ५९ लियो क्लव आवद्ध छन् ।बैठकले डिष्ट्रिक्टका विभिन्न एजेन्डा पारित गर्नुका साथै जुन महिना देखि डिसेम्वर महिनासम्म उत्कृष्ट कार्य गर्ने लियो क्लव तथा लियो सदस्यहरुलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा गजलकार प्रकट पंगेनी शिवको विशेष प्रस्तुति उवं विभिन्न सांस्कृतिक प्रस्तुति राखिएको थियो ।
लियोको इतिहासमै पहिलोपटक फेवातालमा बाराही चोकदेखि हल्लनचोकसम्म डुङ्गामा परेड समेत गरिएको कार्यक्रम संयोजक तिमिल्सनाले जानकारी दिए ।
कार्यक्रममा स्वागत मन्तब्य डिष्ट्रिक्ट भाइस प्रेसिडेन्ट राजेन्द्र बराल र संचालन डिष्ट्रिक्ट सेक्रेटरी विजयराज रिजालले गरेका थिए ।

Post a Comment

 
Top