0
गोल्डेन न्यूज संवाददाता
माघेसंक्रान्ति पर्वको अवसरमा पोखराको ढुङगेसाँघुमा आयोजित १८औं राष्ट्रिय माछापुच्छे« फुलकन्ट्याक्ट कराँते तथा पाँचौ क्योकुशिन बुँदोकाई कराँते प्रतियोगितामा पुरुषतर्फ निर्मल केसी र महिलातर्फ सुनिता गुरुङ च्याम्पियन भएका छन् । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा निर्मल केसीले गणेश अधिकारीलाई पराजित गदै च्याम्पियन हुँदा मदन क्षेत्री र कुशल थापा तृतिय भए । महिला खुल्लामा सुनिताले अम्विका जिसीलाई पराजित गर्दै च्याम्पियन हुँदा नविना नेपाली र पवित्रा चौधरी तृतीय भए । त्यस्तै महिला ४० केजीमुनि तोैल समूहमा एलिशा बरालले जुलिया श्रेष्ठलाई हराउँदै प्रथम भइन भने उषा बस्नेत र मुना पुन तृतीय भइन ।  ४५ केजी महिलामा अञ्जना ढुङ्गेलले मनिषा तामाङलाई हराउदै प्रथम हुँदा सरला खड्का र एलिशा छन्त्याल तृतीय भइन । पुरुष ५५ केजी तौल समूहमा दिपेन्द्र क्षेत्रीले सौगात शर्मालाई हराउदै प्रथम हुँदा अर्जुन बराल र वालगेश्वर यादव तृतीय भए । ५० केजी तौलमा अनिल बरालले रामेश्वर मेहरालाई हराउँदै प्रथम भए भने सुमन बराम र सुमन प्रत्येल तृतीय भए । ४५ केजीमा निरज परियारले राजकुमार यादवलाई हराउँदै प्रथम हुँदा पूर्णबहादुर थापा र मन्दिप विक तृतीय भए ।  ४० केजीमुनि अविनाश अधिकारीले सतिशकुमार शाहलाई हराउँदै प्रथम भए भने धिरज परियार र सन्तोष खनालले तृतिय स्थान हात पारे । पुरुष ३५ केजीमुनि स्वरुप रावतले अशिम गोर्खालीलाई पाखा लगाउँदै प्रथम हुँदा अजय नेपाली र अजय दुरा तृतीय भए ।  यस्तै ३० केजीमुनी मिराज परियारले करुण पौडेललाई हराउँदै प्रथम भए भने सविन तामाङ र अमन पौडेल तृतीय भए । विजेता खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पा, क्योकुसिन बुँदोकाईका केन्द्रीय अध्यक्ष कपिल लोहनी, प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदी, राखेप सदस्य अस्मिता गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कराँते पश्चिमाञ्चल प्रमुख दिपकबहादुर गोदार, क्योकुसिन बुदोकाई कराँते कास्की अध्यक्ष इ. धर्मराज कोइराला, लेखनाथ क्योकुसिन बुदोकाई कराते सघका सचिव जानुका पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।







Post a Comment

 
Top