0
चाहे इण्डियन हुन् वा बेलायती । पोखरालाई लाहुरेहरुको बस्तीको रुपमा समेत चिनिन्छ । यस क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने पनि थुप्रै छन् । शनिवार माघे संक्रान्तिको दिन । पोखराको अमरसिंह खेल मैदानमा आयोजित सातौ पोखरा महोत्सबको दोस्रो दिन दर्शकको उपस्थिति पनि बाक्लै थियो । महोत्सवमा उपस्थित कलाकारले दर्शकलाई मनोरञ्जन दिइरहेका थिए ।  चाडपर्वको दिन रोजगारीको लागि विदेशमा रहेको छोरालाई मनमा संगालेर केहिबेर भएपनि मनोरञ्जनका लागि महोत्सब स्थल छिरेका दर्शक कलाकारको प्रस्तुतिसँगै मन भुलाइरहेका थिए । विशेष गरी सांस्कृतिक कार्यक्रम स्थलमा रमाइरहेका दर्शकको आखामा त्यतिबेला आशु छचल्कियो जतिबेला बद्री पंगेनीले मार्मिक गीत सँगै आफ्नो प्रस्तुति सुरु गरे । अतिथि कलाकारको रुपमा उपस्थित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष पंगेनीले सुरुमै गाएको गीतले सबैलाई एक छिन स्तब्ध बनायो । केहि डाको छोडेर रोए पनि । ‘आमा बिदा पाउँदिन, अहिलेको साल पनि आमा घर आउदिन’ बोलको गीत सँगै विदेशमा आफ्ना छोरा–छोरी र आफन्त भएकाहरुको आँखा रसाए । कतिपयले गायक पंगेनीलाई अंगालो हालेर रोएपनि । छोरा विदेशमा रहेको, आमाले स्वदेशमा दुःख पाएको मार्मिक कथासँग गासिएको यो गीत गाउँदा गाउँदै दर्शकको आखाबाट खसेको आँशुमा पंगेनीको अनुहार पनि मलिन भयो । लगतै उनले एकल महिलाको ब्यथा सहितको ‘लाउ चेली सिन्दुर लाउ’ वोलको गीत गाए । त्यतिबेला पनि माहौल निकै स्तब्ध थियो । चाडपर्वको दिन दिनभर रमाएका दर्शकलाई उनले केहिबेर आफ्ना आफन्त, छोराछोरी र आफ्नो वास्तविकतामा डुबाए । आशुमा डुविरहेको माहौललाई तताउन भने उनलाई केहिबेर पनि लागेन । तत्काल ससुरालीमा, झ्याउरे गीत तथा पञ्चेवाजाको गीतले छमछम नचाउन सफल भए । अन्तमा गायिका सीता केसीसँगको दोहोरीसँगै उनले सबैलाई खुसी बनाएर घर फर्काए । झण्डै डेढ दशक देखि लोकदोहोरी क्षेत्रमा रहेका पंगेनीले नेपाली समाजका मार्मिक कथालाई आधार बनाएर धेरै गीत गाएका छन् ।




Post a Comment

 
Top