0
गोल्डेन न्यूज संवाददाता
ओरष्टे पोखरा पोखरेल समाजको तेस्रो साधारणसभा एवं दोस्रो अधिवेशन शनिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले नरेश पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ । समाजको उपाध्यक्षमा डीआर पोखरेल, सचिवमा मित्रलाल पोखरेल, कोषाध्यक्षमा डोलराज पोखरेल  (खेम), सह–सचिवमा हिरामणि पोखरेल एवं सदस्यहरुमा विष्णुदेवी पोखरेल, मिठु पोखरेल, शुष्मा पोखरेल, तेजकुमारी पोखरेल, केदार पोखरेल र राजेन्द्र पोखरेल चयन भएका छन् । समाजका सल्लाहाकार मोतीलाल पोखरेल संयोजक तथा गंगाधर पोखरेल र क्याप्टेन नारायण पोखरेल सदस्य रहेको निर्वाचन समितिले नया कार्यसमिति चयन गरेको हो ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल टेलीकमका बरिष्ठ लेखा प्रमुख एवं समाजका सल्लाहकार खगप्रसाद पोखरेलले समाजमा हरेक समुहका सदस्य बस्ने भएकोले सबैको हितमा काम गनुपर्र्ने बताए । उनले समाजले छोटो समयमा गरेको कार्यहरुको प्रसंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तर गर्न आग्रह गरे।
कार्यक्रममा ७० वर्ष उमेर नाघेका समाजका ज्येष्ठ तेजप्रसाद पोखरेल र नुवावती पोखरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा समाजका सदस्यका छोराछोरी मध्ेयबाट यस यल सी र उच्च मावि तहमा उत्कृष्ट दुई दुई जना छोरा छोरीलाई समाजका अध्यक्ष नरेश पोखरेलद्वारा स्थापित केदार प्रसाद लालिमाया अक्षयकोषबाट नगद एक हजार सहित सम्मान गरिएको थियो । त्यसैगरि समाजले यस यल सी र उच्च मावि तहमा उतिर्ण सवै छोराछोरीलाई सम्मान गरेको थियो । साधारणसभाले सचिव डि.आर पोखरेल र कोषाध्यक्ष मित्रलाल पोखरेलले प्रस्तुत गरेको सांगठनिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो ।  समाजका अध्यक्ष नरेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भगवान पोखरेल, सल्लाहकार मोतीलाल पोखरेल, गंगाधर पोखरेल, पोखरेल समाज ओरष्टेका अध्यक्ष धनप्रसाद पोखरेल सदस्य मिठु पोखरेल, उत्कृष्ट विद्यार्थी अस्मिता पोखरेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  सो अवसरमा समाजले स्थापना गर्न लागेको अक्षयकोषका दातालाई सम्मान गरिएको थियो । समाजको शनिवार नै बसेको पहिले बैठकले सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकारहरुमा मोतीलाल पोखरेल, खग प्रसाद पोखरेल, प्रेम नारायण पानी पोखरेल, शालिकराम पोखरेल, क्याप्टेन नारायण पोखरेल, बासुदेव पोखरेल, भगवान पोखरेल, गंगाधर पोखरेल र सु.धन प्रसाद पोखरेल रहेका छन् ।





Post a Comment

 
Top