0
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक दलहरुको सहमतिमा निर्वाचनको मिति चाँडै घोषणा हुने बताएका छन् । युनाइटेड अरब इमिरेट्स (युएई) को भ्रमण सकेर मंगलबार स्वदेश फर्केका प्रधानमन्त्री दाहालले निर्वाचन घोषणाका लागि आफूले राजनीतिक सहमति पर्खेको बताए । निर्वाचन सबैको अवश्यकता भएकाले सरकारले गम्भीर रुपमा लिएको पनि उनले बताए ।   चुनावको वातावरण बनाउने तर्फ पहल गर्न छोडेर उर्जामन्त्री सहभागी भए हुने कार्यक्रममा सहभागी हुन चार दिनका लागि युएई पुगेका दाहालले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग भने, ‘सरकार सहमतिमा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा लागेको छ । भ्रमणमा जानु अगाडि नै मैले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेको थिएँ । सरकारले माघको दोस्रो साताभित्र आवश्यक ऐन, नियम कानुन उपलब्ध गराउछ ।’  युएइको राजधानी अवुधावीमा आयोजना गरिएको विश्व भविश्य ऊर्जा शिखर सम्मेलन, २०१७ नेपालका लागि लगानी भित्र्याउन महत्वपूर्ण सम्मेलन भएकै कारण आफू सहभागि भएको पनि उनले बताए । भ्रमणको आलोचना भएबारे उनले भने, ‘यो सम्मेलन नेपाल जस्तो मुलुकको लागि अति नै महत्वपूर्ण भएकैले म गएको हुँ ।’प्रधानमन्त्री दाहालले युएईमा समकक्षी शेख मोहम्मद विन रसिद अल मोक्तुमसँग आपसी हित, द्विपक्षीय सहयोग एवं नेपाली कामदारको सुरक्षा र दिगो र सुरक्षित रोजगारीबारे छलफल भएको बताए । यो भ्रमणले राजनीतिक तहमा सम्पर्क स्थापना मात्र होइन उचाईमा पुगेको समेत उनले बताए । सम्मेलनमा पाँच विशेष वक्तामध्ये एकका रुपमा सोमबार सम्बोधन गर्दै दाहालले नेपालमा अपार उर्जा उत्पादनको सम्भावना रहेको बताएका थिए । ३० मुलुकका ६ सय कम्पनी सहभागि रहेको उक्त कार्यक्रममा उनले नेपालमा लगानी गर्न सबैलाई आग्रह पनि गरेका थिए । मन्टेनेग्रो, काजकिस्तान, कोस्टारिका, पराग्वेका राष्ट्रप्रमुखले कार्यक्रममा विशेष सम्बोधन गरेका थिए भने अन्य मुलुकका मन्त्री तथा प्रतिनिधी र ब्यवसायीहरुको उपस्थिती थियो । प्रधानमन्त्रीहरुले भ्रमण सकेर फर्केपछि भन्ने शब्द नै प्रयोग गर्दै उनले भने, ‘सबै प्रकारको भेटघाटले दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।’ नेपाली युवालाई लामो समयदेखि रोजगारी प्रदान गर्दै आएको युएइको विकासमा नेपालीको ठूलो योगदान रहेको र नेपालीलाई रोजगारी प्रदान गरेर जीवनस्तर सुधार ल्याउनुका साथै विप्रेषण (रेमिट्यान्स) ले मुलुकको अर्थतन्त्रमा समेत ठूलो योगदान गरेको प्रधानमन्त्रीले बताए ।
रिहाइका लागि आग्रह  प्रधानमन्त्रीले युएई समकक्षी शेख मोहम्मद विन रसिद अल मोक्तुम र युवराज शेख मोहम्मद समक्ष मृत्युदण्डको सजाय पाई दुबईको केन्द्रीय कारागारमा सन् २००३ देखि बन्दी जीवन बिताइरहेका अम्बरबहादुर बमलाई रिहाइको लागि आग्रह गरेको बताए । द्विपक्षीय छलफलको क्रममा युवराज र समकक्षीले तत्कालै सम्बन्धित पदाधिकारीलाई बमको रिहाइबारे सकारात्मक हुँदै रिहाईको लागि निर्देशन दिएको जानकारी पत्रकार सम्मेलनमा दिए । भ्रमणको क्रममा नेपाली कामदारले भोग्नुपरेको समस्या, महिला कामदारको समस्या र भ्रमण प्रवेशाज्ञामा नेपालीलाई पठाइ अलपत्र पार्नेलाई कारबाहीको दायरामा ल्याउन समेत पहल भएको दावी गरे ।




Post a Comment

 
Top