0
हरि बाँस्तोला
फुटवल खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउने उद्देश्य साथ डेढ दशक अगाडि गठन भएको सहारा क्लव पोखराले पछिल्लो समय फुटवल खेलाउँदै एकेडेमी संचालन गरेर अनुकरणीय काम गर्दै आएको छ । खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटन सहरकोरुपमा विकास गरौं’ मूल नारा सहित प्रत्येक बर्ष आहारारा गोल्डकप फुटवल प्रतियोगिता संचालन गर्दै आएको क्लवले दर्शकले काटेको टिकटबाट बचेको रकमले सहारा एकेडेमी संचालन गरी फुटवलको माध्यमबाट सामाजिक सेवामा समर्पीत हुँदै आएको हो ।  पोखरा रंगशालामा फुटवल खेलाएर पोख्रेली दर्शक र प्रायोजकले  दिएको उत्साहबाटै पोखरा–१७ दोविल्लामा एकेडेमी संचालन गर्न सम्भव भएको क्लवका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए । उनका अनुसार एकेडेमीमा हाल कास्की सहीत झापा, ताप्लेजुङ्ग, चितवन, तनहुँ, स्याङजा, मुस्ताङ, म्याग्दी, बागलुङ, रुकुम, पाल्पा, पर्वत, गोरखा, डोल्पा, कैलाली र सुर्खेत गरि  १६  जिल्लाका २८ जना कठिन परिस्थितीका बालकहरुका लागि आवासीय व्यवस्था गरिएको छ । एकेडेमीमा आश्रित बालकहरु लेखनाथ नगरपालिका–१६, स्थित शिशुकल्याण आधारभूत विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययन गरिरहेका छन् । २० जनाले प्रवेशिका परीक्षा उत्तीर्ण गरि थप अध्ययन एवं विभिन्न रोजगारीमा संलग्न भई आत्मनिर्भर भएका छन् । “२०५९ सालमा पहिलो क्याराभान गोल्ड कप एवं २०६० सालदेखि आहा गोल्ड कप संचालन संगै आवासीयरुपमा एकेडेमी चालाउनु पर्दछ भन्ने सोचले मुर्तरुप लिएपछि यसको संचालन गर्न सम्भव भएको हो” उनले भने, ‘एकेडेमी  स्थापनासंगै विभिन्न राष्ट्रियस्तरका खेलाडी उत्पादन भएपछि यसलाई व्यवस्थित एवं सुसञ्चालनका लागि थप प्रेरणा मिलेको छ ।’  एकेडेमी संचालनकै लागि २०६३ सालमा पोखरा १७ दोविल्लामा लगभग २८ लाख ५० हजार रुपैया लागतमा २६ रोपनी जग्गा खरिद गरेसंगै उक्त परिसरमा तीन तल्ले भवन सहीत एकेडेमी परिसरमा मिनि प्याराफिट सहितको फुटवल मैदान लगायतका संरचना निर्माण गरिएको छ । “भवन सहीतका भौतिक संरचना तयार गर्न दुई करोड भन्दा बढीको लागत लागेको छ, “अध्यक्ष आचार्यले थपे–“पोख्रेली जनसमुदाय, संचार माध्यम, उद्योग व्यवसायीका साथै विभिन्न ठाउँमा रहेका क्लवका शुभेच्छुकको सहयोगले यो सम्भव भएको हो ।’ भौतिक संरचना निर्माणका लागि नेपाली समाज युकेबाट ७३ लाख, अरव एवं कतारमा रहेका नेपालीबाट  चार लाख २१ हजार, कोरिया तथा जापानमा हुने नेपालीहरुबाट सहयोग आएको उनले बताए ।
एकेडेमीको  संचालनका लागि प्रत्येक महिना करिब दुई लाख रुपैयाँ लाग्ने गरेकोमा उक्त खर्च आहारारा गोल्डकपका दर्शकले टिकट काटेर आएको रकमका साथै क्लवले दिपावली पर्वका आवसरमा देउसी भैलोबाट उठेको पैसा उपयोग गर्ने गरिएको छ ।
संचालनको निरन्तरताका लागि क्लवले २ करोड रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको र आगामी दिनमा त्यसको दायरालाई अभैm फराकीलो बनाउँदै जाने सोच रहेको छ । दर्शकको उत्साह तथा सहयोगी मनकै कारण असहाय बालकलाई सहारा दिएर उनीहरुको शारीरिक एवं मानसिक विकास गर्दै समाजमा योगदान पु¥याउन सक्ने बनाउने सोच राख्न सकिएको अध्यक्ष आचार्यको तर्क छ ।
सहाराले दिएको अवसरसंगै फुटवल खेलका क्षेत्रमा अनिल गुरुङ, सुशिल लामा, अजित भण्डारी र नविन श्रेष्ठ जस्ता राष्ट्रिय खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा देशलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् ।
सहाराले गरेको योगदानबाट प्रभावित भई फुटवल खेलको अन्तर्राष्ट्रिय संस्था फिफाले यसका गतिविधि समेटेर ‘हिमालको देशमा फुटवल भित्र लुकेको कथा’ विषयक डकुमेन्ट्री बनाएर यसको अन्तर्राष्ट्रिय करण गरिसकेको छ ।
 क्लवका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीले क्लवले सरकार र अन्य ठूला संस्थाका लागि समेत अनुकरणीय हुने किसिमले काम गरेको भन्दै सेवाभाव र आर्थिक पारदर्शीका साथ खेल खेलाउँदै एकेडेमी चलाउनु सामान्य कुरा नभएको स्पष्ट पारे ।
नेपाली फुटवल टीमका क्याप्टेन अनिल गुरुङले सहारा क्लव आप्mनो फुटवल जीवनको पहिलो घर भएको बताउँदै आवासियरुपमा संचालित एकेडेमीले भविष्यमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सफल हुने विश्वास व्यक्त गरे।
एकेडेमी परिसरमा रोटरी क्लव अफ फिस्टेलको संयोजन र रोटरी युकेको २२ लाख आर्थिक सहयोगमा वोरिङ्ग गरि खानेपानीको सुविधा पुगेको क्लवका महासचिव केशवराज बरालले जानकारी दिए।
उनका अनुसार पहिलो आहा गोल्ड कपदेखि हालसम्म ६ करोड ८३ लाख ३७ हजार २०१ रुपैयाँ आम्दानी गरेकोमा गोल्डकप सञ्चालनार्थ चार करोड ६० लाख ५६ हजार ६९५ रुपैयाँ खर्च गरी दुई करोड २२ लाख ८० हजार ५०६ रुपैयाँ बचत गरी एकेडेमी सञ्चालनमा लगानी गरिएको छ ।
आहारारा गोल्डकप प्रतियोगिताले पोख्रेली फुटवल प्रेमीहरुलार्ई मनोरञ्जन दिदंै क्लवले आर्थिक उपार्जन गरेर एकेडेमी संचालन गर्नुको साथै पोखराको आन्तरिक एवं वाह्रय पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण सहयोग पु¥याउँदै आएकोछ । रासस 


Post a Comment

 
Top