0
गोल्डेन न्यूज संवाददाता
श्रीमान् हराएर खोज्दै आएकी सम्धिनी भेटेपछि सम्धीले के गर्लान् ? मंगलवार पोखराको अमरसिंह चौरमा आयोजित सातांै पोखरा महोत्सवको पाचौ दिन यस्ता सम्धी पनि भेटिए जसले सम्धिनीलाई उनको श्रीमान् खोज्न सघाउनुको सट्टा उल्टो अर्को श्रीमान् खोज्दै दोस्रो विहेका लागि प्रस्ताव गरे ।
उनले दोस्रो विहेका लागि सम्धिनीलाई चर्चित गायक पशुपति शर्मा, चोलेन्द्र पौडेलदेखि उमेर पाँकेका र भर्खरका युवा समेत अघि ल्याए तर सम्धिनीले मानिन् । श्रीमान् (मुलाको साग) हराएर खोज्दै आएकी चम्सुरी (पल्पसा डंगोल) लाई दारी बा (सुरवीर पण्डित) ले दोस्रो विहेका लागि प्रस्ताव गरेका पुरुषहरु सबै अयोग्य ठहरिए । महोत्सवमा पुगेका सबै दर्शक सम्धी र सम्धिनीको यो रमिता हेरेर पेट मिचिमिचि हासे । हराएको लोग्ने खोज्न छोडेर अर्को विहेका लागि योग्य केटा खोज्न झण्डै २० मिनेट गलफतीमै विताएका सम्धी सम्धिनी अन्तमा विहेका लागि केटा खोज्ने काम छाँडेर देश बनाउने काममा लाग्न राजी भए ।
दर्शकले ताली बजाए र उनीहरु सोहि काम तिर लागेको पिस पोखरा डटकममा उल्लेख छ। पोखरा महोत्सवको पाँचौ दिन विशेष अतिथि कलाकारको रुपमा निम्त्याइएका दारी बा र चम्सुरीको प्रस्तुतिले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिलायो । चर्चित गायक पशुपति शर्माले नचाए भने दारी बा र चम्सुरीले हसाए । पशुपतिले नचाएका दर्शक थकाई नमेटिदै पेट मिचेर हास्न थाले । गायक शर्माले गाएको मेरो माया बसेको ठाँउमा, झुम्के बुलाकीले आउनी बनायो, सरर प्लेनमा आए ढिलो हुन्छ बस कुर्न नलाए लगायतका गीतमा दर्शक दिल खोलेर नाँचे । पाँचौ दिन शर्मा सहित जीवन दाहाल, चोलेन्द्र पौडेल, कृष्णा गुरुङ लगायतको प्रस्तुतिमा महोत्सवस्थल पुगेका दर्शकले मनोरञ्जन लिए । यसैबीच पोखरामा जारी सातौ पोखरा महोत्सवको पांचौ दिनसम्ममा ४ करोड ५ लाखको कारोवार भएको छ । महोत्सवमा पाचौं दिन अर्थात मंगलबार मात्रै १६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् । यसैगरी पाँचौं दिन एक करोड ५ लाखको कारोवार भएको महोत्सव प्रचार–प्रसार संयोजक राजु श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । महोत्सवमा मंगलबार चर्चित लोकदोहोरी गायक पशुपति शर्माले लोक दोहोरी मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिएभने हास्यकलाकारहरु चम्सुरी र दारीबाले हास्य प्रहसनबाट मनोरन्जन प्रदान गरेका थिएभने स्थानिय कलाकारहरुद्वारा लोकदोहोरी प्रस्तुत गरेका थिए । महोत्सवमा बुधवार लोकदोहोरी तर्फ राधिका हमाल, ज्योती लोहोनी, दिलु लामा, कृष्ण देवकोटा, सुमन लम्साल, शुरेश भुर्तेल, अरुण लामिछाने, चोलेन्द्र पौडेलको प्रस्तुती रहनेछ भने पार्वती राइ र शंकर बिसीको आकर्षण नृत्य रहने छ । त्यसैगरी लाइभब्याण्ड तथा पप कन्सर्ट तर्फ टम्बलवीड एण्ड ड्रिमर्जको प्रस्तुति रहने कलाकार ब्यवस्थापन संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा आयोजना गरीएको पोखरा तारा तीन अन्तर्गत मंगलबार टप आठ छनौट गरिएको छ । मंगलबार टप टेनबाट प्राप्ती तुलाचन, अनिल बिक, प्रकाश तामाङ, सुगम थापा, विशाल रेग्मी, बवि सुनार, यम बहादुर नेपाली र यम डि काफ्ले टप आठमा पर्न सफल भए भने उषा गुरुङ र प्रशान्त तामाङ प्रतियोगिताबाट बाहिरिए । महोत्सवको प्रत्येक टिकटमा नेपाल टेलिकमको सीम प्राप्त गर्न सकिने र त्यसका लागि एक प्रति फोटो नागरिकता वा सवारी चालक प्रमाणपत्रको प्रतिलिपि साथमा लिएर आउन दर्शकलाई आयोजकले आग्रह गरेको छ  ।


Post a Comment

 
Top