0
गोल्डेन न्यूज संवाददाता
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले नेपाल टेलिकमको पूर्वाधार र सक्षम जनशक्तिलाई भरपुर उपयोग गरेर मुलुकको दूरदराजका जनतासम्म सर्वसुलभ र गुणस्तरीय सञ्चार सेवा पु¥याउनुपर्ने बताएका छन्। नेपाल टेलिकमद्वारा पोखराको छिनेडाँडामा निर्माण गरी संचालनमा आएको टेलिफोन एक्सचेन्जको उद्घाटन गर्दै उनले सञ्चार सुविधाका लागि आकाशमा आफ्नै भू–उपग्रह राख्न लागिएको जानकारी दिए।  जमिन र पानीभन्दा पनि आकाश महँगो हुँदै गएको वर्तमान अवस्थामा नेपालको आफ्नो भू–उपग्रह नहुँदा वार्षिक अर्बौं अमेरिकी डलर विदेशिने गरेको बताए ।  सञ्चारले पर्यटन विकासको महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मन्त्री कार्कीले नेपालको धर्तीमा जस्तै आकाशमा पनि आफ्नै भू–उपग्रह राखेर सूर्यचन्द्र अङ्कित रातो झन्डा फहराउने तयारी भइरहेको उल्लेख गरे । नेपाल टेलिकमले नयाँ प्रविधिअनुरुपको गुणस्तरीय सेवा जनतालाई प्रदान गर्नुपर्ने बताउँदै उनले मुलुकको विकास निर्माणलाई सञ्चारसँग जोड्नुपर्ने बताए ।  नेपाल सरकारको प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकका भाषा, धर्म, संस्कृति, वेशभूषा र चाडपर्व सबै जातजातिका साझा धरोहर हुन् भन्दै उनले यिनको संरक्षण, संवद्र्धन र विकासमा सबै जुट्न आवश्यक रहेको उनले बताए । व्यवस्थापितका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले नेपाल टेलिकमले समयसापेक्ष गुणस्तरीय सर्वसुलभ सेवा प्रदान गर्दै मुलुकलाई फ्रि वाइफाइ जोन बनाएर पर्यटन आकर्षण बढाउनुपर्ने बताए । नेपाल टेलिकमका प्रमुख निर्देशक कामिनी राजभण्डारीले टेलिकमले नवीनतम् प्रविधिको उपयोग गर्दै मुलुकमा विसं १९५५ देखि सञ्चार सेवा प्रदान गर्दै आएको बताए । समाज सुधार आमा समूहको भवनमा जडान गरिएको उपकरणबाट मल्टिसर्भिस एसेस गेटवय जडान गरी हाल सो क्षेत्रमा ३५२ लाइन विस्तार गरिएको छ भने ९६ वटा एडिएसल लाइन क्षेमता रहेको इन्जिनियर सुरेन्द्र केसीले जानकारी दिए ।  उनका अनुसार ७५० लाइन क्षमता रहेको सो उपकरणबाट भविष्यमा भ्वाइस डाटा र भिडियो सेवासमेत सञ्चालन गर्न सकिने छ । पोखरा र आसपासमा यस्ता उपकरण एक हजारभन्दा बढी जडान गरिसकिएको छ ।

Post a Comment

 
Top