0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेस कास्कीले आईतबार देखि वेब साइट सञ्चालनमा ल्याएको छ।  वेब साइटको आईतबार नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शुभारम्भ गरे।  कास्की नेपाली कांग्रेस डट ओआरजी डटकम लगइन गरी वेबसाइट हेर्न सकिने छ। नेपाली काँग्रेस कास्कीको असार ५ गते वसेको बैठकले कास्कीका जिल्ला सदस्य नवीन सिग्देललाई वेब साइट निर्माण गर्न जिम्मेबारी दिएको थियो। वेब साइटलाई राम्रो बनाउनका लागि कोशिस गरेको छु जिल्ला सदस्य सिग्देलले भने– ‘केही कमि–कमजोरी रहेमा त्यसलाई सुधार गर्दै लगिने छ। वेब साइटमा नेपालीका काँग्रेस कास्कीका गतिविधि र काँग्रेसले के गर्दैछ भन्ने सजिलै देख्न पाईन्छ।  सो साइटमा कांग्रेसको परिचय, सरकारमा रहदाँ गरेका उपलब्धी, कास्की कांग्रेसका केहि गतिविधि,  आगामी कार्यक्रम, शहिदका फोटोहरु, महाधिवेशन प्रतिनिधि तथा भातृसंस्थाको नामावली लगायतका १३ विषयलाई समावेश गरिएको छ।  कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कास्की काँग्रेस ढिलै भएपनि प्रविधिसँग जोडिएको भन्दै प्रशंशा गरे। उनले विचार आदर्श नै काँग्रेसको शक्ति भएको बताए। कुनै पनि बेला निर्वाचन हुने भएकोले पार्टीको विचार र आदर्शलाई लिएर गाउँ ÷गाउँ पस्न कार्यकर्तालाई उनले निर्देशन दिए। अब कुनैपनि वेला निर्वाचनको मिति घोषण हुन्छ अलमल गर्ने वेला छैन उनले भने–‘विकास र राजनीतिक स्थायित्व कायम गर्न सक्ने पार्टी नै काँग्रेस हो भनि गाँउ गाँउमा प्रचारमा जुट्नुहोस्।’ उनले पार्टी भित्र देखिएको गुटले पार्टीलाई नै असर गर्ने भएकोले गुटको राजनीति गर्न नहुने बताए। गुट–उपगुट छोडेर काँग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाउनका लागि गाउँ जानु पर्ने वेला आएको उनको भनाई थियो। उनले संविधान कार्यन्वयनका लागि पनि पहिलो तह स्थानीय तहको निर्वाचन गर्नै पर्ने भएकोले दलहरु मिलेर निर्वाचन गर्नु पर्ने आवश्यकता औल्याए। नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले समुदायको विचमा सजिलै काँग्रेसलाई लैजना यो वेबसाइट कोषेढुङ्गा सावित हुने बताए। उनले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा कुनै राष्ट्रघाती काम नभएको ठोकुवा गरे। संविधान शंसोधन प्रस्तावमा कहि पनि राष्ट्र घात भएको छैन उनले भने–‘गलत प्रचार गरेर जनतालई भ्रम सृजना गरिएको छ यो चिर्नु पर्दछ।’ नेपाली समाज र समुदायमुखी मुद्धालाई एजेन्डा बनाएर जान काँग्रेस लाग्नुपर्ने उनको भनाई थियो। कार्यक्रममा नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा पूर्व सभामुख तारानाथ रानाभाटले देशको संकट समाधान गर्ने क्षमता काँग्रेसमा मात्रै भएको भन्दै काँग्रस अव रुने नभई जाग्ने वेला आएको उल्लेख गरे। नेपाली काँग्रेसका केन्द्रिय सदस्य सांसद जीवन परियारले निर्वाचन जित्ने गरि पार्टी सुदृढिकरण गर्नु पर्ने बताए।  कार्यक्रममा नेपाली काँग्रेस कास्कीका निर्वतमान सभापति तथा सांसद यज्ञबहादुर थापा, काँग्रेसका नेता शुक्रराज शर्मा, सांसद शारदा पौडेल, सांसद वृन्दादेवी राना, पूर्व राज्यमन्त्री महादेव गुरुङ, नेपाली काँग्रेस पूर्व आमन्त्रित केन्द्रिय सदस्य रामजी कुँवर, काँग्रेस नेता खेमराज पौडेल, नेपाली काँग्रेस कास्की क्षेत्र नं.४ का सभापति पोषनाथ शर्मा र जिल्ला सदस्य नवीन सिग्देलले बोलेका थिए। नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति हरि आचार्यले स्वागत र सचिव रामराज लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए।


Post a Comment

 
Top