0
गोल्डेन न्यूज संवाददाता
स्थानीय बासिन्दाले लैजाने भनेकोे खानेपानी रातारात एक रिसोर्टलाई दिएपछि नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख निरण महर्जनलाई नगरबासी स्थानीयले दुई घण्टाभन्दा बढी कार्यकक्षमा घेरेका छन् । पोखरा–२६, आदर्शबस्तीका बासिन्दाले आइतबार संस्थानको कार्यलयमा सो निर्णय फिर्ताको माग गर्दै संस्थानका प्रमूख महर्जनको कार्यकक्ष घेरेका हुन् । बस्तीको नजिकै सय मिटर दुरीको मुहानको पानी स्थानीय बासिन्दालाई थाहै नदिइ मेथालाङमा रहेको जुरासिक भिल्ला रिसोर्टलाई लैजान दिएपछि उनीहरु आक्रोशित बनेका हुन् । बस्तीका बासिन्दाले पस्र्याङ स्थित ढवाङको मुहान भनिने स्थानबाट पानी लिड्ट गरी लैजानका लागि विभिन्न निकायमा एक दशकदेखि योजनासहित निवेदन पेश गरे पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । तर पुषको दोस्रो हप्ता निवेदन दिएको सो रिसोर्टलाई भने संस्थानले पानी लैजाने दिइएको स्थानीयको आरोप छ । रिसोर्टले पानी लैजान भन्दै मुहान क्षेत्रमा पाइप, ट्यांकी तथा सार्वजनिक वनमा थ्री फेज विद्युतको तार समेत गाडि सकेको स्थानीयको भनाइ छ । सो बस्तीमा हाल चार सय भन्दा बढी घरधुरी रहेका छन् । उनीहरुले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका छन् । हाल सोही मुहानबाट पोखरा नगरका पूर्वि क्षेत्रमा पानी वितरण भइरहेकोका कारण आदर्शबस्तीका बासिन्दादे पानी उपभोग गरेका थिएनन् ।  मर्दी खोलाको पानी नगर क्षेत्रमा विस्तार हुने भएपछि आर्दशबस्तीमा सो पानी लैजाने योजना स्थानीय बासिन्दाको रहेको छ । त्यसका लागि उपभोक्ताले आफ्नै खर्चमा डिपिआर समेत तयार पारी संस्थानलाई बुझाएका थिए । सो योजनालाई सांसद विकास कोष तथा पोखरा उपमहानगर पालिकाबाट रकम विनियोजित भएको आदर्शबस्ती टोल विकास समितिका अध्यक्ष गोपाल खड्काले जानकारी दिए । आयोजनाका लागि उपमहानगर पालिकाले उपलब्ध गराएको र उपभोक्ताबाट उठाइएको रकमबाट पाइप समेत किनिसकेको खड्काको भनाइ छ । पानीको मुहानको अन्य विकल्प नहुँदा टयांकरबाट किनेर खान बाध्य भइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।  रातारात मेथलाङमा पानी पु¥याउँदा ठूलै रकम चलखेल भएको आशंका स्थानीयवासीले गरेका छन् । कार्यालय घेराउ गरेपछि संस्थान पोखरा शाखाका प्रमुख महर्जन तीन दिनमा प्राविधिकसहित सो स्थानमा निरीक्षण गर्न आउने आश्वासन दिएका छन् । तीन दिनमा नआए फेरि कार्यालय घेराउ गरिने स्थानीय उपभोक्ता दुर्गाप्रसाद पराजुलीले जानकारी दिए ।  लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका हजारौं बासिन्दाको माग सुनुावाइ नभए सशक्त आन्दोलन गर्ने समेत उनीहरुको भनाइ छ

Post a Comment

 
Top