0
कास्कीको पूर्वी क्षेत्रमा पर्ने सिद्ध ५ देउरालीस्थित ठकुरी बस्तीमा पोखरेली चर्चित कलाकारहरु गुञ्जिएका छन् । स्थानीय गोर्खा कालिका युवा क्लवको ११औं वार्षिकोत्सवको अवसरमा आयोजित सांस्कृतिक तथा भलिवल प्रतियोगिता कार्यक्रमको समापनको अवसरमा पोखरेली डिमर्चा व्याण्डका भास्करध्वज श्रेष्ठ, देउराली व्याण्डका शान्तराज बज्राचार्य, सागर शाह र नव प्रवेशी उईप कोरस ब्याण्ड गुञ्जिएको हो । सहरीकरणले नछोएको सो ठकुरी बस्तीका स्थानीयहरु मध्ये माघको जाडोको प्रवाह नगरी कन्सर्ट हेर्न भेला भएका थिए । के बच्चा, के बृद्ध÷बृद्धा, के युवा, के युवती प्रायः सबै घर खाली गरेर कन्सर्ट हेर्न आएका थिए । राति ८ बजेदेखि शुरु भएको कार्यक्रम मध्यरातको साढे १२ बजेसम्म चलेको थियो । पोखरेली गायक सागर साहबाट शुरु भएको कन्सर्टमा डिमर्चाका भास्करध्वज श्रेष्ठ, देउराली व्याण्डका शान्तराज बज्रचार्य, उईप कोरस ब्याण्डको लाईभ प्रस्तुतीसँगै स्थानिय कलाकारहरुको नृत्यमा रमाउँदा रमाउँदै दर्शकले मध्यरात भएको पनि पत्तै पाएनन् । बरु उनीहरु अझ वान्स मोर, वान्स मोर भन्दै चिच्याउन तल्लिन थिए । कार्यक्रममा ‘कैलाशैमा शिवजीको बस्ती छ, प्रभुजीलाई मस्ती छ’ गीतबाट गाउन शुरु गरेका डिमर्चा व्याण्डका भास्कर ध्वज श्रेष्ठले झ्याम्मै चौतारी, झ्याम्म झ्याम्म, छ भने मायाँ छपक्कै लाईदेऊ, देउराली व्याण्डका शान्तराज बज्राचार्यले ओ मेरी प्रिय, रुपै तिम्रो देखेर मनै पागल, ढुङ्गे साँघु मेलामा, सागर साहले अचानक तिमी आई दिनाले लगायतका गीत गाउँदा दर्शक झुम्दै नाचेका थिए । त्यस्तै मिरा थापाले ‘काले केटाले’ गीतमा आइटम डान्स गर्दा रमाइलो मान्दै वान्स मोर वान्स मोर भन्दै रमाएका दर्शक स्थानीय कलाकारको सांस्कृतिक नृत्यमा प्रफुल्लित भए भने अन्तिममा उईप कोरस व्याण्डले विभिन्न व्याण्डका चर्चित गीतहरु गाउँदै कार्यक्रमको बिट मारेका थिए । कार्यक्रमको बिचमा क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको जुनियर भलिवल प्रतियोगितामा प्रथम भएको कालिका युवा क्लव, द्वितीय भएको अन्नपूर्ण युथ क्लव र सबोत्कृष्ट खेलाडी प्रितम मल्ललाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।








Post a Comment

 
Top