0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस सोसाइटीको आयोजना तथा साहारा हस्पिटलको प्राबिधिक सहयोग र स्थानीय शिवशक्ति युवा क्लबको सहयोगमा पर्बत जिल्ला स्थित देउपुर गा.बि.स. को शिव प्राविमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । कार्यक्रममा १० जना बिभिन्न बिशेषज्ञ डाक्टर, भिडियो एक्सरे, ल्याब, इसिजी सहीत जम्मा २५ जनाको मेडिकल टिमले सेवा दिएको थियो। कार्यक्रममा करिव एक हजार एक सय जनालेस्त्रि तथा प्रसुति, पेट मुटु तथा छाती रोग, बालरोग, न्यूरो सर्जन, हाड जोर्नी तथा नशा, मृगौला तथा पत्थरी, सुगर,उक्त रक्तचाप सम्वन्धी निःशुल्क सेवा लिएका थिए भने करिब तीन लाख पचास हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको कार्यक्रम संयोजक कुलप्रसाद खनालले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि लायन््स डिष्ट्रिक्ट चिप एड्भाइजर इन्दु लम्सालले लायन्स क्लव अफ पोखरा पिस सोसाइटीको यो कार्यले बिभिन्न रोगहरुवाट ग्रसित नागरीकहरुलाइ केही भएपनि राहत पुगकोर नागरिकले डाक्टर खोज्दै जानु भन्दा डाक्टरले बिरामी खोज्दै आउनु अत्यन्तै सकारात्मक रहेको बताइन । कार्यक्रम देशका दुर दराजमा रहेका तथा अस्पतालसम्म पहुंँच नभएका नागरिकहरुलाई यसरी सेवा दिन पाउंँदा निकै खुशी लागेको स्त्रीरोग तथा प्रसुति बिशेषज्ञ डा.गिरधारी शर्माले बताए । लायन्स क्लव अफ पोखरा पिस सोसाईटिका अध्यक्ष होम बिलास सापकोटाको अध्यक्षतामा भएकोकार्यक्रममा क्लवका निबर्तमान अध्यक्ष रुद्रबहादुर के.सी., शिवशक्ति युवा क्लवका अध्यक्ष बेलबहादुर खत्री, स्थानीय समाजसेवी लोकबहादुर लामिछाने, देउपुर गाविस सचिव शेखर घिमिरे, सहारा हस्पिटलका प्रवन्ध निर्देशक झलक सुवेदीले आ–आफ्नो मन्तब्य रोखेका थिए भने कार्यक्रम संचालन क्लवका शिक्षा निर्देशक रमेश थापाले संचालन गरेका थिए ।







Post a Comment

 
Top