0
गोल्डेन न्यूज संवाददाता
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा–१६, लामाचौर बस्ने जुना थापालाई मृत्यु दाबी भुक्तानी बापतको ८ लाख २६ हजार तीन सय रुपैयाँ सोमबार प्रदान गरेको छ । जुना थापाका पति कृष्णबहादुर थापाको केहि समय पहिले दुर्घटनामा मृत्यु भएको थियो । उनले बीमाङ्क रकम बापत ४ लाख पाँच हजार इन्स्योरेन्समा जम्मा गरेका थिए । सोमबार गुराँस लाइफ इन्स्योरेन्स कं.का पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम पौडेलले उक्त रकमको चेक थापालाई हस्तान्तरण गर्दै जीवन बिमाको महत्व बारे प्रकाश पारेका थिए । कार्यक्रममा कम्पनीमा क्षेत्रीय बजार प्रमुख श्यामप्रसाद तिमिल्सेनाले बीमा कम्पनीले घर घरबाट रकम लाने मात्रै होइन घरमै आएर बिमाको रकम प्रदान गर्ने परिपाटीको विकास गर्नुपर्ने बताए । सो अबसरमा सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, अभिकर्ता लीला थापा, रामचन्द्र भण्डारी, महेश्वर पोख्रेल, डुम्रे शाखाका प्रमुख उमाकान्त बराल, स्याङ्जा शाखा प्रमुख प्रकाश रेग्मी, एजेन्सी मेनेजर सूर्य सुमन थापा लगाएतले बोलेका थिए ।




Post a Comment

 
Top