0
गोल्डेन न्यूज संवाददातापोखरा १२ माघ ।
लायन्स क्लव अफ पोखरा सुन्दर नगरीले पोखरा उप–महानगरपालिका वडा नं. २५ स्थित श्री महेश्वरी माविमा अध्ययनरहत ६० विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा विद्यालयलाई खेलकूद सामाग्री प्रदान गरेको छ । क्लवका अध्यक्ष महेश पौडेलको नेतृत्वमा गएको १० जनाको टोलीले उक्त सामाग्री वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्सका रिचन चियर पर्सन एकनारायण शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद बराल र प्रधानाध्यापक ऋषिराम बराललाई एक कार्यक्रमका बीच उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि शर्माले लायन्सको शैक्षिक सामाग्री वितरण कार्यक्रम नेपालमा प्रभावकारी बन्दै गइरहेको बताए । उनले लायन्सको शैक्षिक सामाग्री आर्थिक अभावमा विद्यालय जानबाट बञ्चित विद्यार्थीहरुका लागि महत्वपूर्ण हुने बताए । 
विद्यालय व्यवसथापन समितिका अध्यक्ष भवानी प्रसाद बरालले लायन्सको यो सहयोगप्रति आफूहरु निकै खुशी भएको बताए ।
क्लवका अध्यक्ष महेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं क्लवका सदस्य अमृत बराल, सचिव रामेश्वर अधिकारीले कार्यक्रम र क्लवको बारेमा चर्चा गरेका थिए ।
पुम्दी पुगेको टोलीमा क्लवका अध्यक्ष महेश पौडेल, क्लवका पूर्व अध्यक्ष नेत्र ज्ञवाली, सचिव रामेश्वर अधिकारी, कोषाध्यक्ष धर्मवन्दु सुवेदी, सह–कोषाध्यक्ष बाबुराम पाण्डे, सदस्यहरु गजेन्द्र प्रताप राना, श्याम खैजू, टेमर पोषराज पौडेल लगायत थिए ।

Post a Comment

 
Top