0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुंगामा कार्यालय रहेको सरल नमुना बचत तथा ऋण सहकारीले नवांै स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमकमा ४२ युनिट रगत संकलन भएको  छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारी  नाफामुखी मात्र नभइ सामाजिक क्रियाकलापमा पनि अग्रसर हुनुपर्नेमा जोड दिए । उनले सरल नमूना सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेर उदाहरणीय काम गरेको बताए  । साना साना पँुजीलाई परिचालन गरेर आर्थिक चलाएमान गराइ देश विकासमा टेवा पुग्ने उनले स्पष्ट पारे । जिल्ला बचत संघ कास्कीका अध्यक्ष सुदिप ढकालले सहकारीको तीन खम्बे नीति कार्यान्वयन गरि अघि बढ्नुपर्नेमा जोड दिए  ।  संस्थाका अध्यक्ष दिपक बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक केदारनाथ उप्रेती, सहकारीका सल्लाहकार भरत प्रसाद तिवारी, उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामबहादुर बयलकोटी लगायतले सहकारीको नीति र सहकारीको गतिविधिमाथि प्रकाश पारेका थिए ।
कार्यक्रमको संचालन सस्थाका सचिव निर्मल बाँस्तोलाले गरेका थिए  ।
सहकारीले स्थापना दिवसको अवसर पारेर मंगलबार आँकुरा भिलेजमा रहेका एचआईभी संक्रमित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्ने सहकारीका प्रवन्धक कमल सुवेदीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । कार्यक्रममा रक्त संचार पोखराले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा जिल्ला बचत संघ कास्कीका नवनिर्वाचित अध्यक्ष सुदिप ढकाललाई सम्मान गरिएको थियो ।




Post a Comment

 
Top