0
गोल्डेन न्यूज संवाददाता
स्थानिय समुदायलाई सचेत पार्दे जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत मानव अधिकार निगरानी समूहका सदस्यहरूका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सम्बन्धी तीन दिने तालिम पोखराका सुरू भएको छ । तालिममा कास्की, तनँहु, पाल्पा र कपिलवस्तु जिल्लाका मानव अधिकार निगरानी समूहका ४० जना सदस्यहरूको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दे पश्चिमाञ्चल क्षेत्रका क्षेत्रीय प्रशासक खगराज बरालले राज्यले ब्यवस्था गरेका सेवासुविधा लिनको लागि नागरिक सचेतना आवश्यक रहेको बताए । उनले अधिकारको कुरा गर्दा कर्तव्यको पाटोलाई पनि संगै लिएर जानुपर्ने बताए । क्षेत्रीय शिक्षा निर्देशनालयका उप–निर्देशक तिलक सिलवालले राज्यले आधारभूत शिक्षा निःशुल्क गरेता पनि अझैपनि कतिपय बालबालिका विद्यालय बाहिर रहेको बताउँदै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु दुःखद् भएको बताए । उनले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै सरकारले व्यवस्था गरेका छात्रवृत्ति, पाठ्यपुस्तक जस्ता सुविधा र सामाग्री समयमै उपलब्ध गराउनु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै क्षेत्रीय स्वास्थ्य निर्देशनालयका खोप अधिकृत बद्री आचार्यले स्वास्थ्य अधिकार भित्र औषधि, डाक्टर र अस्पताल मात्र नभै मानिसको दैनिक आनीबानी, स्वास्थ्यकर्मीको ब्यवहार समेत पर्ने बताउँदै स्वास्थ्य समाज निर्माणको लागि मानवअधिकार निगरानी समुहले पनि ध्यान दिनुपर्ने बताए । क्षेत्रीय कृषि तालिम केन्द्रका तालिम प्रशिक्षक गंगा बहादुर थापाले कृषकहरूले अहिलेको समयमा आफू बाँच्नका लागि मात्र नभै अरुलाई बचाउनका लागि ब्यवसायिक प्रविधियुक्त कृषि अवलम्वन गर्नुपर्नेमा जोड दिए । तीन दिनसम्म संचालन हुने तालिममा मानवअधिकारको अवधारणा, नेतृत्व विकास, मौलिक हक, शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी सरकारी नीति, निगरानी समूहको काम कर्तव्य र अधिकार लगायतका विषयमा स्थानीय विकास अधिकारी बलराम ढकाल, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय निर्देशक सूर्य बहादुर देउजा, जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ अधिकृत लोकेन्द्र बोहरा, महिला विकास अधिकृत लक्ष्मी जिसी, अधिवक्ता सुरेन्द्र थापामगर, नेष्ट पोखराका कृष्ण अवस्थी, अधिवक्ता सरलाकुमारी पाण्डे, जिल्ला जनस्वास्थ्य कार्यलयका बोधराज सुवेदी, कास्कीका जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदी लगायतले सहजीकरण गर्ने कार्यक्रम संयोजक सवनम शर्माले जानकारी दिइन् । इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यलयका प्रलेख अधिकृत सुमीत्रा भट्टराईले स्वागत मन्तव्य राखेकी थिईन् भने कार्यक्रमको सञ्चालन इन्सेक क्षेत्रीय कार्यलय पोखराका कार्यक्रम संयोजक सवनम शर्माले गरेकी थिइन्






Post a Comment

 
Top