0
पोखरा उपत्यका बृहत सफाइ अभियानको ३३औं श्रृङ्खला माघेसंक्रान्ति पर्वमा पनि उल्लेख्य सहभागितासहित सम्पन्न भएको छ । सिद्धार्थचोकदेखि सृजनाचोक सम्म आधा टन फोहोर मैला संकलन गरिएको सिद्धार्थ क्लबका उपाध्यक्ष रवि मर्सानीले जानकारी दिए । सफाइ अभियानमा कास्कीका स्थानीय विकास अधिकारी बलराम ढकाल, पोखरा उपमहानगरपालिका कार्यकारी अधिकृत नवराज ढुंगाना, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमार शाही, जिल्ला प्रहरी कार्यालय कास्कीका सुरक्षाकर्मी, आमा समूह, टोल विकास संस्था, जनप्रिय माविको स्काउट समूहलगायत विभिन्न सामाजिक संस्थाका पदाधिकारी, पोखरास्थित विभिन्न क्षेत्रका सामाजिक अभियन्ता, स्थानीय वडावासीको उल्लेख्य सहभागिता रहेको सृजना टोल विकास संस्था पोखरा–८ का अध्यक्ष बलराम बरालले बताए । सिद्धार्थ क्लबको संयोजनमा सम्पन्न सफाइ कार्यक्रमका लागि वातावरणीय सुन्दर नेपाल प्रालिका अध्यक्ष कृष्णमाया कार्कीले ३ सय जोर डिस्पोजल ग्लोव र ३ सय थान मास्क हस्तान्तरण गरेकी थिइन् । कार्यक्रमको सुरुमा वडा बाल मञ्च पोखरा–८ का अध्यक्षले उपस्थित सहभागीलाई सपथ गराएका थिए । ३४औं हप्ताको सफाइ अभियान न्यूरोडस्थित नगरपालिका कार्यालयबाट सुरु हुनेछ ।











Post a Comment

 
Top