0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको पाटी एकीकरण पछि कास्की क्षेत्र नं १ र लेखनाथ नगर समितिको संयुुक्त घोषणासभा सोमवार सम्पन्न भएको छ। दुई पाटीका बीच एकिकरण भएपछि जिल्ला, क्षेत्र, गाउँ र नगर तहसम्म एकताको सन्देश र नयाँ कार्यसमिति बनाउने उद्देश्यले राखिएको एकता घोषणा सभामा वोल्दै केन्द्रीय सदस्य कमलमान गुरुङले एकतामा नै बल हुने भएकाले नेतादेखि कार्यकर्तासम्म गुट र उपगुटको अन्त्ये गरि सिङ्गो पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने वारेमा सवै सचेत हुनुपर्नेमा जोड दिए। भेला आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद रेग्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा आर्का केन्द्रीय सदस्य कुलवहादुर गुरुङ कुलु, विष्णुदेवि गुरुङ, राप्रपा जिल्ला सह–अध्यक्ष नारायण गुरुङ, जिल्ला सदस्य जेवी कुवँर, विद्यार्थी संगठनका केन्द्रीय सह–अध्यक्ष विष्णुराज पौडेल, दुवै पाटीका पूर्व लेखनाथ नगर अध्यक्ष हरिवहादुर जिसी र हेमबहादुर हमाल लगायतले पाटी एकीकरणपछि जनतामा उत्साह र उमंग आएकाले यो जोस र जागरको उचित सदुपयोग गरि नेपालको पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिएका थिए।  लेखनाथ नगर सचिव प्रकाश चन्द्र तिवारीले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन कास्की जिल्ला उपाध्यक्ष अर्जुन बहादुर वस्नेतले गरेका थिए। भेलाले दुई पाटी एकीकरण पछि बनेको राप्रपा कास्की क्षेत्र नं १ को अध्यक्षमा कृयण प्रसाद रेग्मी र लेखनाथ नगर अध्यक्षमा हरिवहादुर जिसी र उपाध्यक्षमा हेमवहादुर हमाललाई चयन गरेको छ भने अरु वाकी सदस्य तथा पदाधिकारीको छनोट पुस २१ गते वस्ने दुबै पार्टीको संयुक्त विस्थारित बैठकले टुङ्गो लगाउने भएको छ ।





Post a Comment

 
Top