0
गोल्डेन न्यूज संवाददाता
चौथौ साफ महिला फुटबलबाट नेपाल बाहिरिएको छ । सोमबार सिलिगुडीको कञ्चनजंगा खेल मैदानमा भएको सेमिफाइलन खेलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ । पराजितसँगै नेपाल साफमा पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको हो । सेमिफाइनलमा भारतका सस्मिता मलिकले खेलको ४४ औं मिनेटमा गोल गरिन् भने ५९ औं मिनेटमा इन्दुमापथक र ८३ औं मिनेटमा कमलादेवीले गोल गरिन् । नेपालकोतर्फबाट सावित्रा भण्डारीले १ गोल गरिन् । खेलको ७५ औं मिनेटमा भारतीय खेलाडीले डिबक्स भित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सावित्राले गोल गरिन् । खेलमा नेपालल आधा दर्जन राम्रो अवसरलाई  सदुपयोग गर्न सकेन । नेपाली टिममा प्रशिक्षक कुमार थापाले रेफ्रीको निर्णयले चित्त बुझ्दो नभएको बताए । ‘ ३ वटा पेनाल्टी पाउनु पर्ने हो,’ उनले भने,–‘रिजल्ट आफ्नो पोल्टामा पार्ने गरी खेलेका थियौं, रेफ्रीले सही निर्णय नदिँदा हारियो ।’ समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतबीच सेमिफाइनल भेट पक्का भएको हो । भारत र बंगलादेशले अर्को टोली अफगानिस्तानलाई हराएको गोलको अन्तरमा विजेता, उपविजेताको टुंगो लागेको थियो । भारतले ५–१ ले हराएको अफगानिस्तानलाई बंगलादेशले ६–० ले पराजित गरेको थियो । नेपालले समूह चरणका तीन खेलमा विजयी भएर विजेताका बनेको थियो । नेपालले भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० पराजित गरेको थियो । समूह एमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका थिए भने बिमा भारत, बंगालादेश र अफगानिस्तान थिए । सन २०१० देखि साफ सुरु भएको छ भने प्रत्येक दुई वर्षमा प्रतियोगिता हुने गरेको छ ।


Post a Comment

 
Top