0
प्रेसर–लोबाट बच्ने उपायहरु
रक्तचाप रोगीहरुले विभिन्न कुराहरुको ध्यान राख्नु त पर्छ नै, त्यसमाथि पनि उनीहरुले आफ्नो खानेकुरामा विशेष ध्यान दिन अत्यावश्यक छ । थुप्रै रोगहरुलाई तपाईंले आफ्नो उचित खानपानद्वारा सामान्य बनाउन सक्नुहुन्छ । यस्तैमा प्रोसर लो भएका बिरामीहरुले पनि खानपानमार्फत नै यसलाई सामान्य बनाउन सक्नुहुन्छ । सामान्तयाः यदि कसैको लो ब्लड प्रेसर छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि त्यस्ता व्यक्तिहरुले गुलियो खानेकुराहरु खाने गर्दछन् । आज हामी तपाईंलाई लो ब्लड प्रेसरका बिरामी कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयको जानकारी दिँदैछौँ । आउनुहोस् थाहा पाऔँः
१. पात भएको सागसब्जीः पात भएको सागसब्जीमा आइरन हुने गर्दछ जुन मानव शरीरको लागि अत्यावश्यक खनिज पदार्थ हो । ब्लड प्रेसरलाई कम गरेर त्यसलाई सामान्य बनाउनका लागि यो निकै महत्वपूर्ण हुने गर्दछ ।
२. डार्क चक्लेटः डार्क चक्लेटले मुटुको रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरुका लागि राम्रो मानिन्छ ।
३. बदामः बदामले तपाईंको उर्जा र प्रतिरोध क्षमतालाई बृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस् ।
४. बिना बोसोको मासुः यस्तो मासुको सेवन गर्नुहोस् जसमा बोसोको मात्रा कम हुन्छ । जो व्यक्तिको कम रक्तचापको समस्या छ उनीहरुका लागि टर्की, चिकन र माछाजस्ता पदार्थको सेवन गर्न उचित हुन्छ । यो कम रक्तचापका लागि सर्वोत्तम आहार हो ।
५. सागसब्जीः सागसब्जीमा प्रोटिन र भिटामिन हुने गर्दछ । ब्लडप्रेसरलाई सामान्य बनाइराख्नका लागि प्रत्येक दिन सागसब्जी खाने गर्नुहोस् ।
६. फलफूलः यस्तो फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढि हुन्छ । यो यस्तो फल हो जसले रक्तचापका बिरामीका लागि निकै राम्रो हुने गर्दछ ।
७. कालो खाद्य पदार्थः कालो अंगुर, कालो छोगडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ  । यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ । यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ ।
८. अमिलो खाद्य पदार्थःगर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला आदि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ किनभने यसमा पानी र एसिड दुबै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरुको शरिरमा उर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ  ।
९. गहुँः मैदाको तुलनामा गहुँ निकै राम्रो मानिन्छ । कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ ।
१०. लसुनः लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरुको रक्तचाप सामान्य हुने गर्दछ । आफ्नो खानामा लसुनलाई काटेर राख्नुहोस्, यसले कम रक्तचापका बिरामीलाई फाइदा पुर्याउने गर्दछ ।
११. नुन ः खानामा प्राय नूनको मात्रा कम नै हुन्छ । तर, यदी तपाईको ब्लड प्रेसर कम छ भने खानामा नून केही बढाउनुस् ।
१२. चुकन्दरको जुस ः लो ब्लड प्रेसरलाई कन्टोलमा राख्नका लागि चुकन्दरको जुस महत्वपूर्ण माध्यम हो । हरेक दिन बिहान तथा राती एक–एक कप चुकन्दरको जुस पिउनुस् । यस बाहेक एक कप कडा कफी पनि लिदाँ राम्रो हुन्छ ।
१३.पर्याप्त मात्रामा पानी  ः डिहाइटडेशन अर्थात शरिरमा पानीको कमी पनि थुप्रै रोगको कारण हो । शरिरका सबै अंगहरुलाई सक्रिय राख्न पानी जरुरी हुन्छ । त्यसैले पानीको मात्रा सधैँ ठीक राख्नुहोस्, जसका कारण बेचैनी महसुस हुदैँन ।
१४. हरेक दिन अभ्यास ः कुनै पनि प्रकारको हल्का फुल्का अभ्यासलाई आफ्नो नियमित रुटिङमा समावेश गर्नुहोस् । तपाई हरेक बिहान आधा घण्टा हिँड्न पनि सक्नुहुन्छ या अन्य अभ्यास पनि गर्न सक्नुहुन्छ । यसो गर्दा शरीरमा रगतको सञ्चार राम्रोसँग हुन्छ ।





मुटु बाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चाप लाई रक्तचाप भनिन्छ । रक्तचाप नाप्न प्रयोग गरिने उपकरण सामान्य रक्तचाप भनेको १२०÷८० हो। १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो
(डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ। कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ, तब सामान्यतया ११५÷७५को रक्तचापमा २०÷१० का दरले बढ्दै दोब्बर हुनसक्छ। सामान्य रक्तचाप भएको ५५ वर्षीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ। उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ। उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ।
उच्च रक्तचापको समयमै उपचार नगरिए बिरामीमध्ये ५० प्रतिशतको हृदयाघात वा मुटुगति बन्द हुन्छ। २० प्रतिशत बिरामी पक्षाघातबाट मर्छन्। खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्ने उपयोगी उपाय हुन्। उच्च रक्तचाप नियन्त्रण गर्ने औषधी प्रयोग गर्ने या नगर्ने निर्णय सम्बन्धित बिरामीमा रहन्छ। रक्तचापलाई जहिले पनि १३०र८०मा सीमित राख्नुपर्छ। सन्तुलित (नियन्त्रित) रक्तचाप स्व्स्थ्य जीवनको प्रमुख आधार मानिएको छ । नेसनल हर्ट लङ्ग एन्ड ब्लड इन्स्टिच्युटले यसको प्रभावकारी नियन्त्रणका लागि विशेष प्रकारको भोजनको योजना (म्ब्क्ज् म्क्ष्भ्त्) को विकास गरेको छ। यस (म्ब्क्ज्) योजनाको प्रमुख उद्देश्य दैनिक भोजनको उचित व्यवस्था गरी यसकै माध्यमबाट उच्च रक्तचाप नियन्त्रण गर्नु हो। यस योजनामा फलफूल, हरियो सागसब्जीलाई प्रमुख प्राथमिकतामा राखिएको छ भने दूध, चिल्लो पदार्थ, तृप्त फ्याटी एसिड, कोलेस्टेरोलको प्रयोगलाई न्यून गरिएको छ।
यसैगरी फाइबर, पोटासियम, क्याल्सियम, म्याग्नेसियमजस्ता तत्त्व भएका खाद्यपदार्थलाई भोजनमा बढी महत्व दिइएको छ। साथै प्रोटिन ठीक मात्र प्रयोग गर्न सकिने तथा चिनी र चिनीयुक्त खाद्यपदार्थको प्रयोग लाई पनि न्यूनरूपमा मात्र प्रयोग गर्न सकिने उल्लेख छ। भोजनको यस योजनालाई राम्ररी अवलम्बन गर्न सकेमा रक्तचाप नियन्त्रण एवम् कम गर्न सकिने कुरा अध्ययनले देखाएको छ।
रक्तचाप कम हुँदा त्यसले मस्तिष्क, मुटु तथा मृगौलामा असर पर्दछ र त्यो अन्ततः प्राणघातक पनि हुनसक्छ । रक्तचाप घट्नुका विभिन्न कारण हुनसक्छन् र त्यसका लागि चिकित्सकको परामर्श लिइहाल्नुपर्छ । तर केही दैनिक जीवनयापन तथा खानपानका विषय पनि छन् जसलाई अपनाएर तपाइँले आफ्नो सामान्य घटेको रक्तचापलाई बढाएर सन्तुलनमा ल्याउन सक्नुहुन्छ । ती हुन् ः
नुनपानी पिउनुहोस् । अर्थात् नुनिलो खानेकुरा सामान्य भन्दा केही बढि खानुहोस् । नुनमा भएको सोडियमले रक्तचाप बढाउन सहयोग गर्छ । तर नुनको धेरै मात्रा भने सरीरका लागि हानिकारक हुने कुरा भुल्नुहुँदैन ।
कफीको सेवनले पनि रक्तचाप बढाउँछ । कफी, हट चकलेट वा क्याफाइन तत्वयुक्त चिजहरु खाँदा वा पिउँदा घटेको रक्तचाप सन्तुलनमा आउँछ । कम रक्तचापको समस्या छ भने विहान तथा दिउसो कफी पिउन नभुल्नुहोस् ।
तुलसीको पातको रस पनि रक्तचाप सन्तुलनमा निकै सहयोगी हुनसक्छ । तुलसीको पातमा भिटामिन सी, पोटासियम तथा प्यान्टोथेनिक एसिड पाइन्छ । यी सबै तत्वहरु रक्तचाप सन्तुलनमा सहयोगी हुन्छन् । त्यसैले नियमित रुपमा तुलसीका १०।१५ वटा पातको रस निकालेर त्यसमा एक चम्चा मह मिलाउनुहोस् अनि हरेक बिहान यसलाई सेवन गर्नुहोस्, तपाइँको घटेको रक्तचाप बढेर सन्तुलनमा आउनेछ ।
किसमिसको सेवन पनि हाइपोटेन्सनको उपचारको लागि लाभदायक छ । बेलुकी किसमिस लाई पानीमा भिजाउनुहोस् र अर्को बिहान खाली पेटमा त्यसलाई चपाएर खानुहोस् । त्यस्तै उक्त पानीलाई पनि छानेर खानुहोस् । यसले कम रक्तचापको समस्या न्युनिकरण हुन्छ ।
बदाम पिँधेर त्यसमा दुध मिलाएर नियमित रुपमा पिउँदा पनि रक्तचाप सन्तुलनमा सहयोग गर्दछ । बदामलाई रातभर पानीमा भिजाउनुहोस् । अर्को बिहान त्यसको बाहिरी पत्र हटाएर राम्रोसँग पिँध्नुहोस् र लेदो बनाउनुहोस् । अनि त्यसलाई दुधमा मिलाएर दिनहुँ बिहान खानुहोस्।
अदुवालाई टुक्राटुक्रा पारी काट्ने र त्यसमा नुन तथा कागतीको रस हालेर मोल्ने । त्यसपछि नुन र कागती मिसाएको अदुवालाई हावा नछिर्ने बट्टामा बन्द गरेर राख्ने । हरेक दिन खाना खानुभन्दा पहिले उक्त अदुवाका केही टुक्रा चपाउने हो भने कम ब्लड प्रेसरको समस्या विस्तारै हट्ददै जान्छ ।
गाजरको नियमित सेवन पनि रक्तचाप सन्तुलनमा सहयोगी हुन्छ । काजरलाई नियमित रुपमा सलादको रुपमा मात्र नभै यसको जुसमा मह मिलाएर एक महिना सम्म पिउने हो भने ब्लड प्रेसर ठीक ठाउँमा आउँदछ ।
कम रक्तचापको समस्या भएकाहरुको लागि खजुरको सेवन पनि निकै लाभदायी हुन्छ । खजुरको नियमित सेवले रक्तचाप बढाएर सन्तुलनमा ल्याउँछ ।
अनारको नियमित सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसले कम रक्तचापको समस्या पनि न्युनिकरण गर्दछ । अनार मात्र होइन स्याउ, केरा, खरभुजा जस्ता फलफूलहरु नियमित रुपमा खाने गर्नाले रक्तचाप स्वात्तै घट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
रक्तचापबाट बच्ने अन्य उपाय
–पर्याप्त हिँडडुल गर्नुहोस् । हिँडडुल तथा हल्का व्यायामले मुटुलाई अक्सीजनको उच्चतम उपयोग गर्न सहयोग गर्छ । यसो गर्दा मुटुलाई बढि रगत पम्प गर्नु पर्दैन र ब्लड प्रेसर उच्च हुने जोखिम कम हुन्छ ।
लामो तथा विस्तारै स्वास फेर्ने तथा योगा गर्ने गर्नुहोस् । यसो गर्दा स्ट्रेस हर्मोनको उत्पादन कम हुन्छ । यसले मृगौलाले उत्पादन गर्ने रेनिन इन्जाइमको उत्सर्जन पनि कम हुन्छ । रेनिन इन्जाइमको उत्पादन धेरै भयो भने रक्तचाप बढ्छ । बिहान र बेलुकी कम्तिमा पनि ५–५ मिनेट लामो स्वास लिने तथा फ्याँक्ने अभ्यास गर्नुहोस् । योगा तथा ध्यानलाई पनि जीवनको अभिन्न अंग बनाउनुहोस् ।
आलु तथा पोटासियम युक्त फलफूलको सेवन प्रसस्त गर्नुहोस् ।
नुनको सेवन घटाउनुहोस् । अर्थात् बढि नुन नखानुहोस् ।
चकलेट खानुहोस् । उच्च गुणस्तरयुक्त चकलेटहरुमा फ्लाभिनोल भन्ने तत्व पाइने भएकाले यसले रक्तनलीलाई फराकिलो बनाउँछ र रक्तचाप सन्तुलिन बनाउन सहयोग गर्छ ।
अल्कोहलको सेवन कम गर्नुहोस् । अल्कोहलको सेवन बढि गर्ने मानिसमा उच्च रक्तचापको जोखिम बढि हुन्छ ।
कफीको सेवन पनि कम गर्नुहोस् । कफीमा पाइने केफाइन तत्वले रक्तचाप बढाउन सहयोग गर्छ ।
चिया पिउनुहोस् । ग्रिन टी ले अझ रक्तचाप घटाउन ठूलो सहयोग गर्छ ।
काममा बढि व्यस्त नबन्नुहोस् । काममा बढि व्यस्त हुँदा तनाव बढ्ने तथा रक्तचाप उच्च हुने जोखिम हुन्छ । त्यसैले समयतालिका बनाएर काम गर्नुहोस् र फुर्सदको समय निकालेर रमाइलो गर्नुहोस् ।
मनपर्ने गीत संगीत सुन्नुहोस् । संगीत सुन्दा रक्तचाप कम हुने इटालीमा भएको एक अध्ययनले देखाएको छ ।
सुतेको बेला घुर्ने बानी छ ? यदि छ भने विचार गर्नुहोस् । तपाइँमा उच्च रक्तचापको समस्या हुनसक्छ । त्यसैले जँचाइहाल्नुहोस् ।
बोसोयुक्त खाद्यपदार्थको बढि सेवन नगर्नुहोस् । त्यसको साटो रेशादार खाद्यपदार्थ तथा सागपातको पर्याप्त सेवन गर्नुहोस् ।
स्रोत ः अनलाइन खबर



Post a Comment

 
Top