0
(दिदी) मा यो बल धेरै थियो । भन्दा भन्दै जिल्ला पतन्जलि योग केन्द्रको आयोजनामा सहयोग प्रशिक्षक प्रशिक्षणको तालिम गर्ने भन्ने समाचार पनि आइपुग्यो । २९ दिने तालिम सके पछि आत्मविश्वास र ज्ञान दुवै बढेर आयो । फलत वहाँहरु बास्तोलाथर, न्यूरोड , चिप्लेढुंगाका चिनेका इष्ट मित्रहरुलाई योग साधनाको निम्ति व्यक्तिगत रुपमा अनुरोध गर्न थाल्नुभयो ।
म आपूm भने २÷४ वटा पुस्तक अध्ययन गर्दै आस्था च्यानलमा स्वामीजीको कुराहरु ध्यान दिएर सुन्दै एक्लै कोठामा योग अभ्यासलाई गर्न थाले । म ठान्थे, गुरु भनेको आपूmलाई सम्पूर्ण  रुपमा योगका विषय थाहा हुनुपर्छ । साधकहरुले सोधेको, जान्न खोजेको जिज्ञाशाहरु मेट्न सक्नुपर्छ । त्यसैले एक्लै अभ्यास गर्न सम्म त ठिक छ , त्यहि गएर अन्य साधकहरुलाई प्रशिक्षण दिन त गाह्रो काम हो  मैले जे ठाने पनि यी दिदी बहिनीहरु मलाई केन्द्रमा लैजान अति पेरित गरिरहन्थे ।  मनको अर्को मनको कुनामा अप्ठेरो चाहिँ योग साधनामा डुबे पछि व्यवहारिक जीवन बिताउन सकिंदैन कि भन्ने पनि हो । यसमा ध्यान र समाधिको कुराहरु प्नि आउँछ ।
उहाँहरु लगातार श्रीकृष्ण मन्दिरमा योग साधना गर्न जाने गनुभयो । केहि समय पछि नेपालबाट ५÷६ हजार योग साधक, प्रशिक्षकहरुलाई स्वामीजीको प्रत्यक्ष प्रशिक्षणमा सह–सहयोग प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भए पछि दुवैजना हौसिए । हरिद्वारमाएक हप्ताको योग प्रशिक्षण पश्चात् विधिवत श्रीकृष्ण मन्दिर योग केन्द्र, दरबारथोकको जन्म भयो । त्यो शुभ दिन २०६४÷०२÷२ गते परेको थियो । उहाँहरुको लगातारको भनाईले गर्दा मलाई पनि कोठामा सीमित हुन दिएन । मैले आफ्नो जिन्दगीलाई हावामा उडाएर योग प्रशिक्षणको निम्ति केन्द्र जाने परिवेशको सिर्जना भयो । तर मसित योग प्रशिक्षकको प्रमाणपत्र नभएकोले यो काम गर्न बञ्चित रहे । तर लगत्तै पतञ्जली  योग केन्द्र, नेपालको महिला पभारी हेमा ढुंगाना गुरुको अगुवाईमा सह–सहयोग प्रशिक्षक प्रशिक्षण हुने भए पछि म पनि जना थाले । १५ दिनको यस तालिममा हेमा गुरुको मिठासपूर्ण  वाणीहरुले योगमा डुब्न प्रेरणा प्रदान ग¥यो । उहाँको बोली , मनन र सरला प्रस्तुतिले हामी सबैको मन छोयो । मनमनै मैले पनि संकल्प लिए, कि यस योग साधनालाई म प्रशिक्षको हैसियतले निरन्तरता दिनेछु ।
त्यसैले हृदयबाट हेमा गूरुलाई सदा धन्यबाद भनिरहन्छु । यसरी श्री कृष्णयोग केन्द्रमा २०६५ श्रावण २५ गतेबाट मेरो पनि संलग्नता रह्यो । सधै स्वामीजीको वाणी सुनिरहकोले होला । योग प्रशिक्षणमा नयाँ नयाँ कुराहरु दैनिक रुपमा पस्कनु पर्छ भन्ने कुरालाई मनमा बलियोसँग राखेको थिए । त्यसैले योगका अन्य गुरुहरका पुस्तकहरु प्नि अध्ययन गर्न थाले । जसलाई केन्द्रमा भन्ने गर्न थाले । कोही रोगले रोगाएर आउँथे , कोही ज्ञानले भोकाएर आउँथे । हाम्रो योग प्रशिक्षण प्रयास सफल हुँदै गएको आभाष हुँदै आयो । हामी उत्साही र अभिप्ररित हुँदै आयौँ हामीलाई साथ दिनु हुने आदरणीय अग्रज दाईहरु नरेन्द्रमान लालचन, ईन्द्र गुरुङ भुवन सिं गुरुङर उर्मिला हिराचन दिदीलाई नमन गर्न चाहान्छु । नरेन्द्रदाईलाई समग्र केन्द्रको विकासको निमित्त के गनुपर्छ, सहयोग गर्नुहुन्थ्यो । ईन्द्र गुरुङ दाई योग प्रशिक्षण र आयुर्वेदको ज्ञानमा बढी उत्साहित हुनुहुन्थ्यो । भुवन सिं गुरुङ दाई अक्यूप्रेशरको ज्ञाता उर्मिला दिदी आजभोली समग्र योग कक्षा संचालन गर्न सकृय हुनुहुन्छ । यसरी  यस योग केन्द्रलाई हामी सबैले सँगै सिच्यौ र अग्लो बनाउने प्रयत्न ग¥यौँ । एकताबद्ध भएर संस्था चलाउने प्रयत्न ग¥यौँ भने सामाजिक कार्य पनि गर्न सकिने रहेछ । हामीले आजसम्ममा यस केन्द्रबाट महत्वपूर्ण केहि कार्यहरुलाई सम्भव बनायौँ ।
१) ३६० वटा विरुवाहरु जस्तै रुद्राक्ष, हर्रो, बर्रो आदि जडिबुटी जयकोट वन, कार्की डाडाँमा रोपियो ।
२) ३÷४ वर्षसम्म लगातार सत्यसाई केन्द्र, नदीपुरमा साईबाबाको जन्म दिनमा रु ५०००।(अक्षरुपी पाँच हजार रुपैयाँ)का दरले सहयोग गरियो ।
३) राष्ट्रिय परोपकार केन्द्रको महायज्ञमा रु. १०,०००। (अक्षरुपी दश हजार रुपैयाँ ) सहयोग गरियो ।
४) रक्तदान कार्यक्रम हुँदा ८५ युनिट रगत संकलन गरियो ।
५) तीज कार्यक्रम र वार्षिकोत्सव कार्यक्रम बर्षौ पिच्छे गर्दै आइरहेको ।
६) श्रीकृष्ण योग केन्द्रका कुनै सदस्यको घरमा दुःख पर्दा सबै सदस्यहरु त्यसमा सरिक भई दुः ख साट्ने गरेको ।
७) समर्पण लायन्स क्लब र श्रीकृष्ण योग केन्द्रको सहकार्यमा दरबारथोकमा खुल्ला योग शिविर आयोजना गरियो । जसमा प्रमुख प्रशिक्षकको भूमिका मैले निर्वाह गर्ने मौका पाएको थिए ।
८) बाल योगेश्वर श्री ईश्वर कृष्ण महाराजको महायज्ञमा रु २१,०००।(अक्षरुपी एक्काइस रुपैयाँ) नगद सहयोग गरिएको थियो ।
९) सनातन धर्म सेवा समिति, कास्कीलाई रु १०,०००। (अक्षरुपी दश हजार रुपैयाँ) सहयोग गरियो ।
यसरी विभिन्न सेवा मुलक कर्महरु गर्दै सबैको सहाकार्यमा श्रीकृष्ण योग केन्द्र एउटा स्थापित योग केन्द्र बन्न पुग्यो । समग्रमा भन्नुपर्दा श्रीकृष्ण योग केन्द्र सबै पोखराबासीको मायाको केन्द्र बन्न पुग्यो । ९ वर्षको अन्तराल पछि २०७३ जेष्ठ महिनामा पतञ्जली योग केन्द्र, नेपालबाट कास्की जिल्ला पतञ्जली योग समितिको आयोजनामा १५ दिने सहयोग प्रशिक्षक तालिमको मौका आयो । जसमा संयोजक  अचल प्रमारी श्री दिपक सिग्देल र सह–संयोजकहरुमा म लगायत रामजी बराल थियौँ । यस पाली म आफै सह–संयोजकको रुपमा कार्य गर्ने मौका पाएकोमा जिल्ला कार्यसमितिलाई धन्यवाद टक्र्याउन चाहन्छु । यस अवसरलाई सदुपयोग गर्न हाम्रो केन्द्रका २९ जना साधकहरु तयार भए । १५ दिने कार्यक्रममा श्रीकृष्ण योग केन्द्र, कास्की जिल्लाकै उत्कृष्ट केन्द्र घोषित भयो। हामी ९ वर्षदेखि अनवरत लागि रहेको प्रशिक्षकहरु लाई गर्व महसूस भयो । १५ दिने प्रशिक्षण समाप्त भएपछि ती २९ जना नयाँ सहयोग प्रशिक्षक मिलेर ४ वटा नयाँ योग केन्द्र सञ्चालनमा ल्याए । त्यसो त २÷३ वर्ष अगाडि हाम्रो केन्द्रको एक जना साधकले नारायण स्थानमा योग केन्द्र खोलिसकेको थियो । हाम्रा नयाँ प्रशिक्षकहरुले खोलेका केन्द्रहरु यस प्रकार छन् ।
१) संगमा योग केन्द्र न्यूरोड ।
२) श्रीराम योग केन्द्र, राम मन्दिर, नयाँबजार
३) शोभा भगवती योग केन्द्र, शोभा भगवती मन्दिर, रानीपौवा
४) भीमसेन योग केन्द्र, नेवा पुच भवन, भिमसेन टोल
आज यो ४ वटै योग केन्द्रबाट नियमित रुपमा १२०–१५० जना जतिलाई निःशुल्क योग प्रशिक्षण गराई रहेका छन् । यी सम्पूर्ण सहयोग प्रशिक्षकहरुलाई म हृदयदेखि अभिनन्दन गर्न चाहन्छु । साथै यी केन्द्रहरु पनि निरन्तर दीर्घकालसम्म चलाई रहन परमात्मको आशिर्वाद मिलोस् । योगको प्रतापले सारा गाउँ, नगर हुँदै राष्ट्र नै योगमय भई देशकै समृद्धि होस, शुभ कामना !
(लेखक श्रीकृष्ण मन्दिर योग केन्द्रका प्रशिक्षक हुनुहुन्छ ।)




योग ऋषि एवं यस ब्रहमाण्डमा योगलाई फैलाउने विश्व गुरु स्वामी रामदेवज्यूको योग साधना दैनिक रुपमा आस्था च्यानलबाट सम्प्रेषण हुन थाले पछि विश्व भरि नै योगमय वातावरणले तारिरह्यो । यस लहरले पोखरा पनि अछतो रहन सकेन जसरी सूर्यको प्रकाशले प्रत्येक स्थानमा रहेको हरेका कुरालाई उज्यालो पार्छ त्यसरी नै योगको यस प्रतापले पत्येक स्थानमा रहेका चेतनायुक्त मानिसलाई प्रभाव पा¥यो । जसरी हिउँलाई पगाल्न तापको जरुरत पर्दछ, त्यसरी नै योगको प्रतापले सबैलाई आफ्नो जीवन पद्धतिको अवस्थालाई परिवर्तन गर्न प्रेरित ग¥यो । यसैक्रममा चिप्लेढुंगाको शान्ति श्रेष्ठ र न्यूरोडको रमा श्रेष्ठमा पनि यसै योगको प्रकाश पुञ्जले स्पर्श ग¥यो । एकाघरका दिदी बहिनी, उहाँहरु बलककाल देखिको आध्यात्मिक वातावरणले गर्दा पनि आध्यात्म प्राप्तिमा गहिरो अभिरुची लिने गनुहुन्थ्यो । त्यसैले गर्दा साई भजन, बह्मकुमारी राज योग केन्द्र, महात्माहरुको प्रवचन आदिमा निरन्तर जाने गर्नुहुन्थ्यो । मन मस्तिष्कको कुनामा वीऊको रुपमा बसेको जिज्ञासा, विस्तारै एउटा विरुवाको रुप हुँदै आयो । यो विरुवालाई जल, मल र प्रकाश भर्ने काम आस्था च्यानलको यो कार्र्यक्रमले यथेष्ट मात्रामा गरे परिणाममुखी र प्रयोगात्मक अष्ठाङ्ग योग साधनाले उहाँहरुमा भरपुर उर्जा थपिदियो। मैले २०६३ सालको श्रावण देखि सूर्य नमस्कार, प्राणायाम र आशनहरु गर्न थालिसकेको थिएँ । मैले जे जति सिके त्यसलाई प्रत्येक विहान २ घण्टा नियमित गर्ने गरेको थिए । मलाई सम्झना भएसम्म यी दुई दिदीबहिनी मसँगै बसेर प्राणायाम, आशन र सूर्य नमस्कार गर्ने गर्थे । अलिअलि जाने पछि उहाँहरु इति धेरै इच्छा जागृत थियो कि यस योग अभ्यासलाई सम्पूर्ण माझ पु¥याउने दुढता राख्नुहुन्थ्योे । दिदी र बहिनी मध्ये शान्ति । श्रेष्ठ

Post a Comment

 
Top