0
गोल्डेन न्यूज संवाददाता
कास्कीको ढिकुरपोखरी–४ स्थित माछापुच्छ«्रे मावि÷शिक्षा क्याम्पसमा आयोजित ढिकुरपोखरी शैक्षिक एंव धार्मिक महोत्सवमा चौठो दिन २२ लाख १५ हजार ७ सय ५८ रुपैयाँ दान संकलन भएको छ । शनिबार महोत्सवमा पोखरा ६ बैदामका हरिप्रसाद पौडेलले रु.३ लाख ३ हजार, ढिकुरपोखरी ४ का हरिप्रसाद अधिकारीले रु.२ लाख १ हजार १ सय ११, ढिकुरपोखरी ५ का कृष्ण केसीले १ लाख १ सय ५ रुपैयाँ, माछापुच्छ्रे« माविका शिक्षक एंव ढिकुरपोखरी ४ का कृष्ण प्रसाद अधिकारीले ५५ हजार ५ सय ५५ रुपैयाँ, माछापुच्छ«े माविका प्र.अ एवं भदौरे तामागी ४ हर्पनका धनश्याम पौडेलले ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन्। यस्तै पोखरा–१७ का लिलाभक्त आचार्यले ५२ हजार, भिजन नेपाल कास्कीले ५१ हजार, ढिकुरपोखरी १ का बिनोद कुँवरले ५१ हजार, ढिकुरपोखरी–५ का बलभद्र पौडेलले ५० हजार ५ सय ५, ढिकुरपोखरी–२ का ढाकामोहन सुवेदीले ५० हजार १ सय ५०, ढिकुरपोखरी १ का सोमकान्त अधिकारीले ५० हजार १ सय र ढिकुरपोखरी ९ का लालप्रसाद÷खुमावती अधिकारीले ५० हजार ५० रुपैयाँ प्रदान गरेकोे महासचिव यादवराज अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जनाकारी दिए । महोत्सवको चौथो दिनसम्म करिब ७९ लाख ७१ हजार ८ सय ३ रुपैयाँ दान संकलन भएको छ । यसैबीच शनिबार महोत्सवमा माछापुच्छ«े मावि÷शिक्षा क्याम्पसका भूतपूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा हजारौ विद्यार्थीहरु सम्मानित भएका महासचिव अधिकारीले बताए । प्रविधिक शिक्षा सहित त्यसका फिडर स्कुलहरुको गुणस्तर अभिबुद्धि गरी समग्र ढिकुरपोखरी गाविसलाई शैक्षिक केन्द्रकोरुपमा विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद पौडेलले जानकारी दिए । माघ १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा कथावाचक गोविन्द शरण महाराज र मधुर वाणिकी धनी मीरादेवीले श्रीमद् भागवत कथा वाचन गरिरेका छन् । महोत्सवमा ५१ सय शान्ति कलश पूजन, सह–स्रशालिग्राम पूजा, विराट धनधान्याञ्चल महापर्व, तुलादान, चौरासी पूजा, शुभ व्रतवन्ध, शैक्षिक प्रदर्शनी लगायत समावेश गरिएको छ ।





Post a Comment

 
Top