0
गोल्डेन न्यूज संवाददाता
सिप्रदी ट्रेडिङ प्रा.लि.ले पोखरामा टाटा पेसेन्जर भेहिकलहरुको लागि आफ्नो नयाँ डिलरको रुपमा गण्डकी ट्रेड हाउसलाई नियुक्त गरेको छ । हालै काठमाडौंमा सम्पन्न गरिएको एक कार्यक्रममा दुवै पक्षले उक्त विषय अन्तर्गतको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा कम्पनीका जनरल म्यानेजर प्रवीण खतिवडाले नयाँ डिलरलाई आफ्नो कम्पनीको बृहत नेटवर्कमा स्वागत गरे । गण्डकी ट्रेड हाउसका प्रबन्ध निर्देशक विन्दु कुमार थापाले सिप्रदी जस्तोे प्रतिष्ठित कम्पनीसँग आवद्ध भएर काम गर्दा आफूहरु खुशी एवं उत्साहित भएको कुरा बताए ।
गण्डकी ट्रेड हासका प्रबन्ध निर्देशक थापा पोखराका स्थापित अटोमोबाइल व्यवसायी हुन् । 
नेपाल अटोमोबाइल्स डिलर एसोसिएशनका पूर्व उपाध्यक्ष उनी पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, पोखरा ट्रेड मलका अध्यक्ष, फेवा विकास बैंकका अध्यक्ष लगाउत अन्य विभिन्न संघ संस्थामा आवद्ध छन् ।
सिप्रदी ट्रेडिङ प्रा.लि. भारतको प्रख्यात गाडी निर्माता कम्पनी टाटा मोटसर्् लिमिटेडको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता हो । पेसेन्जर भेहिकल अन्तर्गत टाटा मोटर्स्को प्रमुख आकर्षणहरुमा बजारको प्रमुख मल्टी यूटीलिटी भेहिकल, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा बजारमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याचबोल्ट, लायोनेल मेस्सीले आफैं प्रचार गरिरहेका टाटाको स्टाइलिस उत्पादन टियागो र २५ के.एम.पि. एल. प्रदान गर्ने इन्डिका सिआर फोर आदि रहेको कम्पनीका जनरल म्यानेजर प्रवीण खतिवडाले बताए ।

Post a Comment

 
Top