0
गोल्डेन न्यूज संवाददाता
मानवअधिकार तथा शान्ति समाज कास्की शाखाले एक कार्यक्रमका वीच “राष्ट्रिय आवश्यकताः सुशासन र पारदर्शिता” विषयक विचार गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख वक्ता एवं समाजका केन्द्रिय सभापति गंगाधर अधिकारीले वर्तमान राजनीतिक परिस्थितिले देशमा द्वन्द निम्त्याउन सक्ने बताएका छन् ।  उनले राजनीतिलाई अपराधिकरण र अपराधलाई राजनीतिकरण गर्ने राजनूतिक दलहरुको आचरणले गर्दा आम नागरिकको मौलिक हकअधिकार कुण्ठित भएको बताए । साथै उनले राज्यको पहिलो आवश्यकता सुशासन र पारदर्शिता भएको बताउँदै जबसम्म राजनैतिक दलहरुले सुशासन र पारदर्शिताको बाटो अवलम्बन गर्दैनन्, तवसम्म जनताले लोकलन्त्रको अनुभूत गर्न नपाउने बताए । अधिकारीले अन्याय र अत्याचार विरुद्ध जनताले शुन्य सहनशीलताको विकास गर्नुपर्ने समेत बताए । मन्तब्यका क्रममा अधिकारीले शान्तिसमाजले देशमा सुशासन र पारदर्शिताको विकासका लागि देशब्यापी जागरण अभियान सञ्चालन गरेको बताए । कार्यक्रमका अर्का वक्ता समाजका केन्द्रिय महासचिव उत्तम पुडासैनीले सुशासन बिना देशले विकासको गति लिन नसक्ने बताएका छन् । यसैगरी कार्यक्रमका अर्का वक्ता स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले नेताहरुले जनतालाई शक्ति प्राप्तिका लागि भ¥याङ बनाउँदै आएको र शक्तिमा पुगेपछि त्यही भ¥याङलाई विर्सने गरेको बताए ।  उनले राज्यको चौथो अङ्ग प्रेस जगतमा समेत सुशासन नभएको र दलगत पत्रकारिता हावी भएको बताए । बाँस्तोलाले समयमै सबै तहका निर्वाचन सम्पन्न नभए देशमा दुर्घटना निम्तने समेत बताए । कार्यक्रममा समाजका सदस्य सावित्री शर्मा, सल्लाहकार विश्वलाल श्रेष्ठ र कुलबहादुर नेपाली, गण्डकी अटोमेकानिकल वकर््स एसोशिएसनका उपाध्यक्ष किरण कपाली लगाएतले मन्तब्य राखेका थिए । वाग्लुङ्गबाट शुरुवात भएको सचेतना अभियान पर्वत, नवलपरासी, चितवन र स्याङ्जा हुंदै कास्कीमा सम्पन्न भएको हो । समाजको सभाहल, नयाँबजारमा भएको कार्यक्रम समाजका उप–सभापति अमृत सुवर्णकारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शाखाकी सदस्य पार्वती बरालले स्वागत मन्तब्य राखेकी भिईन् भने कार्यक्रमको सञ्चालन सचिव तीर्थराज न्यौपानेले गरेका थिए ।



Post a Comment

 
Top