0
गोल्डेन न्यूज संवाददाता
सहारा क्लवद्वारा पोखरा–१७ दोभिल्लामा संचालित सहारा एकेडेमीको अक्षयकोषको लागि अष्ट्रेलिया र वेलायतबाट ८ लाख ७६ हजार सहयोग प्राप्त भएको छ । सोमबार क्लवमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लव, अष्ट्रेलियाका अध्यक्ष राजमान थकाली, सहारा युके तथा बुद्धिष्ट कम्युनिटी सेन्टर वेलायत बाट उक्त रकम हस्तान्तरण भएको हो । सहारा युके तथा बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसिसी) वेलायतबाट ५ लाख २५ हजार रुपैयाँको चेक सहारा युकेका अध्यक्ष मीन गुरुङ (साईला) ले क्लवका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन। यसैगरी क्लवका अध्यक्ष आचार्यलाई नै सहारा क्लव, अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीबाट सहारा एकेडेमीको अक्षयकोष स्थापनार्थ ३ लाख ५१ हजारको चेक हस्तान्तरण गरेका हुन । त्यस्तै दोश्रो पुरस्कारको राशि २ लाख ५१ हजार थकालीले सोमबार नै क्लवलाई हस्तान्तरण गरेका हुन । सहारा एफ.सी.का अध्यक्ष एवं बीसिसी युकेका कोषाध्यक्ष कुसाङ गुरुङले ५ लाख २५ हजार रुपैयाँ रकम सहारा युकेका अध्यक्ष मीनलाई हस्तान्तरण भएपछि मीनले क्लवलाई हस्तान्तरण गरेका हुन। कार्यक्रममा बोल्दै कुसाङले आफ्नो गक्षले भ्याएसम्म आफूहरुले सहारा क्लवको हरेक गतिविधिमा साथ दिदै सहयोग गर्ने वचन दिए । सहारा क्लव, अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीले आफ्नो रेष्टुरेण्टमा डिनर पार्टीदेखि विभिन्न कार्यक्रम गरी संकलन भएको त्यसमा आफूले सहित सहयोग गरी उक्त सहयोग विगतका बर्ष देखि गर्दै आएको बताए । उनले आगामी बर्ष सम्मको लागि दोश्रो पुरस्कार प्रायोजना समेत गरेका छन । क्लवका मानार्थ सदस्य महेश गुरुङले विभन्नि देशमा स्थापना भएका सहाराका शाखाहरुले क्लवको गतिविधिहरुमा सहयोग गर्नु उत्तम कार्य भएको प्रशंसा गरे । सहारा युकेका अध्यक्ष मीन गुरुङले आफूहरुले आहा रारामा म्यान अफ दी म्याच हुनेले लाई ट्रफीको साथमा ३ हजार नगद पुरस्कार दिंदै आएको बताए ।
आगमी दिनमा क्लवको एकेडेमीलाई दिगो रुपमा संचालन गर्न आफूहरुले सहयोग गर्ने बताए । क्लवका अध्यक्ष वीरभद्र आचार्यले सहयोगी प्रति आभार व्यक्त गर्दै एकेडेमीको अक्षयकोषमा एक करोड बढी रकम संकलन भएकोले यस बर्षको आहा रारा सम्ममा एक करोड २५ लाख रुपैया संकलन हुने विश्वास गरेका छन । प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्वारा संञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निःशुल्क शिक्षा, दीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरण–पोषणमा खर्च गरिने वरिष्ठ उपाध्यक्ष केशव बहादुर थापाले बताए।





Post a Comment

 
Top