0
हरि पन्त÷गोल्डेन
रमपम झापा–११ लाई २–० गोलले पराजित गर्दै डिफेण्डिङ  उप–विजेता विभागीय टोली त्रिभुवन आर्मी  पोखरामा जारी आहारारा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । सहाराको आहारारा गोल्डकपमा  ११ पटक सहभागी आर्मी यसअघि ३ पटक फाइनलमा र ५ पटक सेमि फाइनलमा पुगिसकेको टीम हो । आर्मी २०६५, २०६६ र २०७२ मा फाइनलमा पुगेर नेपाल पुलिस र मनाङसंग पराजित भएको थियो । आर्मीलाई चौथो पटक फाइनमा पुग्नका लागि माघ १२ गते आयोजक सहारा क्लवलाई जित्नुपर्ने चुनौती छ ।  आर्मीलाई छैटौं पटक सेमिफाइनल पु¥याउन राष्ट्रिय टीमका समेत स्ट्राइकर नवयुग र कप्तान समेत रहेका भरत खवासले  समान १÷१ गोलको योगदान दिए । म्यान अफ दी म्याच नवयुगले खेलको ३९औं मिनेटमा गोल गरी टीमलाई १–० को अग्रता दिलाए ।  झापाका गोलरक्षक किशोर गिरी विट हुन पुगि पेनाल्टी एरिया नजिक आएको अवस्थामा नवयुगले करिब १५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । खेलको ७०औं मिनेटमा कप्तान भरत खवासले एक गोल गरी आफ्नो टीमलाई २–० अग्रता दिलाए । भरतले झापाका दुई डिफेन्डरलाई छक्याउँदै करिब २५ यार्डबाट प्रहार गरेको बल गोलपोष्टको फष्टवार हुँदै जाली चुमेको थियो । आर्मीले पाएका अन्य केहि अवसर सदुपयोग हुन सकेन भने झापाले पनि पाएका अवसरहरुलाइ सदुपयोग गर्न नसक्दा प्रतियोगिता बाटै बाहिरिनुप¥यो ।  प्रतियोगितामा चौथोपटक सहभागी झापा गतबर्ष फेमिफाइनलमा मनाङसंग ४–० ले पराजित भएको थियो । सोमबारको खेलमा झापाको मिडफिल्ड र रन उत्कृष्ट भएपनि फिनिसिङ  राम्रो गर्न नसक्दा पराजित भयो । झापाको खेलको ५७औं मिनेटमा कम व्याक हुने अवसर पाएपनि सदुपयोग हुन सकेन ।  रन्जित श्रेष्ठको फ्रिकिक प्रहारलाई  देवेन्द्र तामाङले पुनः प्रहार गर्न गोलपोष्टको फष्टवार नजिक पुग्दा आर्मीका गोलरक्षक विकास कुथुले मुस्किलले बचाउ गरे । झापाकै  देवेन्द्र तामाङ, कप्तान नरेन्द्र मनि लिम्वु, कर्ण सुव्वा, बुद्ध चेम्जोङका राम्रा अवसर सदुपयोग हुन सकेन ।  यता, खेलको १३औं मिनेटमा आर्मीका सन्तोष तामाङल पेनाल्टी एरिया नजिकबाट प्रहार गरेको वल क्रसमा लागेर रिवाउण्ड भइ बाहिरिएको थियो भने ३५औं मिनेटमा दीप कुमार लामाले १० यार्डबाट प्रहार गरेको वल फष्टवार माथिबाट बाहिरिएको थियो । खेलको ३९औं मिनेटमा नवयुगले मिलाइदिएको क्रस पासलाइ दिपक कुमार लामाले सदुपयोग गर्न सकेनन । लामाले पेनाल्टी एरिया नजिकैबाट प्रहार गरेको वल पोष्ट माथिबाट बाहिरिएको थियो । खेलको ४० मिनेटमा भरत खवासले पोष्टमा चार्ज गर्दा झापाका डिफेन्डर रवि थापा मगरले गोलाईन नजिकैबाट उत्कृष्ट बचाउ गरे ।  खेल समापन पछि प्रतिक्रिया दिंदै झापाका प्रशिक्षक सन्जय राइले आफूहरुले पाएका केही अवसर गोलमा परिणत हुन नसक्नु हारको कारण भएको बताए । आर्मीका प्रशिक्षक नविन न्यौपानेले पहिलो हाफमा धेरै अवसर गुमेपनि दोश्रो हाफमा झापाको मनोवल नै खस्कने गरी सुरुवातमै गोल गर्दा जित भएको बताए । झापाले अमेरिकाको एएनएलाई पराजित गरी र आर्मीले वाई पाएर सिधै क्वाटरफाइनल खेलेका थिए ।
यसैबीच यसवर्षको आहारारा गोल्डकपमा पूर्व घोषित बंगलादेशी टीम नआउने भएको छ । आयोजक सहारा क्लबका अनुसार पूर्वनिधार्रित पाराजगज स्पोटिङ्ग क्लब प्राविधिक कारणबस नआएको हो । उक्त क्लबको सट्टा बंगलादेश बाटै अर्को क्लब आएको छ । मंगलवार हुने अन्तिम क्वाटर फाईनलमा नारायणगज एफसी बंगलादेश मैदानमा उत्रने आयोजक सहारा क्लवले एक विज्ञप्ति जारी गरि जानकारी दिएको छ । मंगलवार उक्त बंगलादेशी क्लब र संकटा क्लब बीच सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । विजयी टीमले फाइनल प्रवेशका लागि मनाङको सामना गर्नेछ ।



Post a Comment

 
Top