0
युनाइटेड क्लवद्वारा आयोजित सातौं पोखरा महोत्सव सोमबार सम्पन्न भयो । महोत्सव समापन अवसरमा बोल्दै नेपाल सरकारका वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले पोखरा महोत्सव ४ नम्बर प्रदेशकै नमुना भएको बताए । युवाहरुद्वारा सञ्चालित युनाइटेड क्लवले पोखरामा महोत्सवको आयोजना गरी सरकारले गर्नुपर्ने कामलाई स्थानीय स्तरबाटै गरिरहेकाले उनले स्पष्ट पारे ।  युनाइटेड क्लवले विभिन्न सामाजिक क्रियाकलापहरु संगै पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण संगै सेती नदी संरक्षणमा देखाएको तत्परताले अन्य क्लव र युवाहरुले पनि देशको विकासमा लाग्नुपर्छ भन्ने सन्देश प्रदान गरेको भन्दै मन्त्री भण्डारीले आफू सरकारमा रहँदा या नरहदाँ पनि पोखरामा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना निर्माणमा पहलकदमी चलाइरहने बताए । सांसद शारदा पौडेलले युवाहरुले केही गरेर देखाउन सक्छन भन्ने उदाहरण युनाइेट क्लवबाट प्रष्ट भएको भन्दै अन्य युवाहरुले पनि युनाइटेड क्लवको सिको गर्दै सामाजिक क्षेत्रमा लाग्नुपर्ने बताइन ।  कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले महोत्सवले दर्शकलाई मनोरन्जनमात्र नभइ कुनै ज्ञान दिन सकेको खण्डमा अझै प्रभावकारी रहने बताए ।  शालिमार सिमेन्टका गण्डकी धौलागिरी प्रमुख तथा सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश प्रसाद चौधरीले पोखरा महोत्सव अन्य मेला महोत्सव भन्दा भिन्न उद्देश्यका साथ अगाडि वढेको भन्दै  क्लवको हरेक गतिविधिलाई आफ्नो कम्पनीले सहयोग गर्ने बताए ।
 
पश्चिमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष सन्जीव वहादुर कोइरालाले पोखरा महोत्सव आफैमा गौरवको महोत्सव रहेको बताए । राज्यले लिनुपर्ने दायित्वलाई एउटा क्लवले उठान गरी अगाडि बढाउनु सानोतिनो कुरा नभएको स्पष्ट पार्दै उनले अन्य युवाहरुले पनि यसको अनुशरण गर्नुपर्नेमा जोड दिए ।
अमरसिंह उच्च माविका विद्यालय ब्यवस्थापन समितिका सदस्य ओमप्रसाद सुवेदी पोखरा महोत्सवले पोखरामा मात्र नभइ राष्ट्रमानै आफ्नो छवि उच्च राख्न सफल भएको दावी गरे। क्वलका संस्थापक अध्यक्ष तथा पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण  सरोकार समितिका अध्यक्ष हिमालय बख्रेलले क्लवले स्थापना कालदेखिनै महोत्सव आयोजना गरी पोखरा र आसपासका छिमेकी जिल्लाहरुमा सामाजिक काम संगै पोखरामा अन्तर्राष्ट्रियस्तरको चिडियाखाना निर्माणकार्यको शुभारम्भ गगर्न सफल भएको बताए। उनले हाल घाइते वन्यजन्तुको उद्धार केन्द्र निर्माणको काम भइरहेको र सेतीनदी संरक्षण र सौर्य बत्ती जडानमा समेत क्लवले काम गरिरहेको जानकारी दिए । क्लवका अध्यक्ष शुकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङ र महासचिव राजु श्रेष्ठले बोलेका थिए । १ लाख ८९ हजार दर्शकले  अवलोकन गरेको महोत्सवमा १२ करोड रुपैयाँको कारोवार भएको अर्थ तथा टिकट ब्यवस्थापन उपसमितिका संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी महोत्सव स्थलमा राखिएको  वन्यजन्तु अवलोकन केन्द्र नमुूा चिडियाघरमा ४० हजार दर्शकले अवलोकन गरेको पर्यटन प्रवद्र्धन उपसमिति संयोजक भुवन ढकालले जानकारी दिए । महोत्सवमा आयोजना गरेको पोखरा तारा–३ को उपाधि सुगम थापा मगरले जितेका छन । सय जना प्रतिस्पर्धीलाई पछि पार्दै थापाले उपाधि संगै  ५० हजार नगद पुरस्कार हात पारे । उपविजेता अनिल बिकेले २५ हजार र सान्त्वना बन्न सफल यम बहादुर नेपालीले ५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।

Post a Comment

 
Top