0
पोखरा पिस क्लवद्वारा यही माघ २२ गतेदेखि २९ गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने दशौं पोखरा पिस क्रिकेट कपको लागि तयारी तीव्र पारेको छ । विभिन्न उपसमितिहरुले आफ्नो काम जारी राखेका छन् । प्रारम्भमा मुख्य काम भनेकै प्रायोजकहरु खोज्ने नै हो, यसका लागि खटिइरहेका छौं–प्रतियोगिता संयोजक दामोदर बरालले भने–‘प्रायोजन दाताहरुले सकारात्मक रुपमा लिँदै प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको समेत सहभागिता जनाउन सक्ने हुनाले महत्वका साथ हेरेको हामीले आभाष पाएका छौं ।’ हालसम्म कास्की जिल्ला लगायत बाग्लुङ, पर्वत, बाँके, चितवन, तनहुँ र काठमाडांैका क्लवहरु सम्पर्कमा आएका छन्, उनीहरुको सहभागिता र प्रतियोगिताको उपलब्धी हेरी आगामी वर्षमा राष्ट्रिय स्तरको प्रतियोगिताको थालनी गरिने सोच रहेकोृ पनि उनले बताए । प्रतियोगितामा विजेता टोलीले नगद ७० हजार, ट्रफी, मेडल्स र प्रमाणपत्र, उपविजेता टोलीले नगद ३० हजार, मेडल्स र प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र सर्वाधिक छक्का हान्ने खेलाडीलाई जनही ५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई ट्रफीको व्यवस्था गरिएको छ ।




Post a Comment

 
Top