0
गोल्डेन न्यूज संवाददाता
युवा संघ नेपाल कालिका गाँउ कमिटीको अधिवेशनले सुजनबाबु अधिकारीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा रचना भुलेज, सचिवमा विकल रानाभाट, सहसचिवम सरोज भुजेल, कोषाध्यक्षमा सन्दिप गिरीलाई चयन गरेको छ। सदस्यहरुमा सन्जीव रानभाट, सुवास पौडेल, सूर्यमोहन सुवेदी, सुदिप घिमिरे, दिपेन्द्र अधिकारी, अमोन त्रिपाठी, गोपाल भुजेल, उमेश भुजेल, विशाल रानामगर, अमृत रानामगर, दिपेन्द्र गौतम, डिनेश सुनार, शोभित अधिकारी, दिपक अधिकारी, नारायण तिवारी, सुनिल भुजेल, मिल्टन त्रिपाठी, सन्तोष अधिकारी, सरोज सुनार, बलराम अधिकारी, प्रकाश गुरुङ, साजन गुरुङ, हरि सुनार मंगली विक र अनिल तिमिल्सिना चयन भएका छन् । अधिवेशनको एमाले नेता खगराज अधिकारीले उद्घाटन गरेका थिए। उद्घाटन पछि बोल्दै अधिकारीले संविधान कार्यान्वयनका लागि संविधान संशोधन नगरि तत्काल निवाचन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा युवा संघ कास्कीका अध्यक्ष विष्णु पुन, नेकपा एमाले कालिका गाँउ कमिटी अध्यक्ष निर्मल दियाली सुनार, यूवा संघ जिल्ला सचिवालय सदस्यद्वय शंकर पौडेल, विष्णु सुवेदी भण्डारी लगायतले युवा संघ नेपाली युवाहरुको ढुकढुकी बनिरहेको बताए । कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओबादी परित्याग गरि सुर्यमोहन सुवेदी, बलराम अधिकारी, मिलन अधिकारी, सागर सापकोटा लगायत युवा संघमा प्रवेश गरेका थिए । उनीहरुलाई एमाले नेता खगराज अधिकारीले अविर र माला  लगाएर संघमा प्रवेश गराएका थिए। कालिका गाउँ कमिटी सम्मेलन आयोजक कमिटीका संयोजक सुजनबाबु अधिकारीको अध्यक्षतामा भएको थियो भने संचालन विकल रानाभाटले गरेका थिए ।




Post a Comment

 
Top