0
गोल्डेन न्यूज संवाददाता
खेलको अन्तिम ४ मिनेट सम्हालिन नसक्दा सिएमजी संकटा क्लवको पहिलोपटक फाइनलमा पुग्ने सपना अधुरै रह्यो । संकटलाई १–० ले पाखा लगाउँदै डिफेण्डिङ च्याम्पियन समेत रहेको मनाङ यसवर्ष पनि फाइनलमा प्रवेश गरेको छ । मनाङलाई यस वर्षपनि उपाधि चुम्नका लागि आयोजक सहारालाई घरेलु मैदानमा पराजित गर्नुपर्ने चुनौती छ ।  मनाङ २०७० को फाइनलमा सहारासंग पराजित भएको थियो । खेलको अन्तिम २७ मिनेटसम्म १० खेलाडीमा सीमित  संकटाले मनाङलाई ८६ मिनेटसम्म गोल गर्न नदिएर रोकेको थियो । गोलविहीन अवस्थालाई चिर्दै मनाङका ओलावालेले टीमलाई उपाधि नजिक पु¥याए । करिब ३० यार्डबाट विक्रम लामाको फ्रिकिक वललाई पोष्टको दाया साईडमा रहेका विमल रानाले पास दिंदा ओलावालेले हेडमार्फत आकर्षक गोल गरेका हुन । उनको एकमात्र गोल नै खेल जित्न निर्णायक बन्यो । खेलको ६३औं मिनेटमा  मनाङका विमल रानालाई लडाएपछि पहेलो कार्ड पाएका संकटाका सुशिल केसीले त्यसको ४ मिनेट बित्न नपाउँदै मैदानको मध्यभागमा मनाङका कप्तान अनिल गुरुङलाई लडाएपछि रातो कार्ड खाँदै मैदान छोड्न बाध्य भएका थिए । प्रतियोगितामा रातो कार्ड खाएर मैदान छोड्ने उनी दोस्रा खोलाडी हुन् । यसअघि बुधबार सहाराका ववीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । मनाङ विरुद्ध हुने फाइनलमा उनले खोल्न समेत पाउने छैनन् । प्रतियोगितामा सहारालाई फाइनलमा पु¥याउन उनको भूमिका महत्वपूर्ण रहेकाले फाइनलमा उनको अभाव निकै खड्किने खेल विश्लेषकहरु बताउँछन् ।  खेल समापन पछि संकटाका प्रशिक्षक सल्यान खड्गीले आफूहरुको हार रेफ्रीको कारण भएको आरोप लगाए । उनले भने–‘मनाङको राष्ट्रिय खेलाडी भनेर कुनै फल नलिने, हाम्रो खेलाडीले केही वोल्दा रेडकार्ड दिने, मैदानमा ११ बिरुद्ध १४ खेलाडीको खेल भएको थियो, त्यही भएर हामीलाई जित्न कठिन भयो । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पहिलो हापको शुरुवातमा पाएका केहि अवसर सदुपयोग हुन नसक्दा जित कठिन भएको बताए । सहारा बिरुद्धको फाईनल खेलमा फरक रणनीतिका साथ मैदानमा उत्रने तयारी गरेको उनले बताए ।


Post a Comment

 
Top