0
गोल्डेन न्यूज संवाददाता
पोखरामा बिहीबार देखि वडा स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । पोखरा उप–महानगरपालिकाको आयोजना, जिल्ला खेलकुद विकास समिति कास्कीको संयोजन, एन्फाको व्यबस्थापनमा करिब दुई दशकपछि पोखरामा  पहिलो पटक यो प्रतियोगिता सुरु भएको हो । प्रत्येक बर्ष आयोजना गर्ने गरी खेल सुरु गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । उनका अनुसार प्रतियोगितामा २९ वडाहरु मध्य २४ वडा वडाहरुले सहभागि जनाएको बताए । अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा विहीबार विहान भएको पहिलो खेलमा पोखरा–२५ पुम्दीपुम्दीले विजयी सुरुवात गरेको छ ।  पुम्दी भुम्दीले पोखरा–३ नदीपुरलाई २–१ को गोलले पराजित गरेको हो । खेलको १५ मिनेटमा वसन्त गुरुङले एक गोल गरी पोखरा २५ लाई अग्रता दिलाए पनि ३३ मिनेटमा नदीपुरका संजय जलारीले गोल गरी खेल बराबरीमा ल्याए । खेलको ५५ मिनेटमा रन्जित गुरुङले उत्कृष्ट गोल गरी पुम्दीभुम्दीलाई विजयी गराएका हुन । त्यसै गरी पोखरा २ ले पोखरा २३ लाई २–१ को गोल अन्तरले पराजित गर्यो भने पोखरा १६ ले पोखरा–८ लाई ३–० ले पराजित गर्यो । यसैगरी पोखरा २९ संग  पोखरा ७ टाईबे्रकरको सिकार भयो । यसैगरी अर्को खेलमा पोखरा–१४ ले पोखरा–२४ लाई ४–० गालले पराजित गर्यो । शुक्रबार प्रतियोगिताको औपचारिक रुपमा पोखरा रंगशालामा उद्घाटन हुने प्रतियोगिताका संयोजक एवं पोखरा उप–महानगरपालीकाका बरिष्ठ कानुन अधिकृत नारायण शर्माले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top