0
गोल्डेन न्यूज संवाददाता
कास्कीको ढिकुरपोखरी–४ स्थित माछापुच्छ्रे मावि÷शिक्षा क्याम्पसमा आयोजित ढिकुरपोखरी शैक्षिक एंव धार्मिक महोत्सव बुधबार सम्पन्न भएको छ । आठ दिन सम्म संचालन गरिएको महोत्सवमा करिब २ करोड ७० लाख रुपैयाँ नगद दान संकलन भएको महाचिव यादवराज अधिकारीले जनाकारी दिए। उनका अनुसार महोत्सवमा करिब ८० मुरी धान र २५ मुरी चामल संकलन भएको छ । विद्यालयको खेलमैदान निर्माणका लागी करिब ३ आना र महोत्सवमा २ लाख बराबरको जग्गा समेत दान गरिएको छ । उक्त अवधिमा ८ जनाको चौरासी पुजा र १ सय भन्दा धेरैले तुलादान गरेको यज्ञका प्रमुखकर्ता तीर्थराज पौडेलले जानकारी दिए ।  महोत्सवको अन्तिम दिन बुधबार मात्रै करिब ३७ लाख रुपैयाँ दान संकलन भएको छ । पाँच सय देखी ४१ लाख रुपैयाँ सम्म दान प्राप्त भएको जनाईएको छ । हजारौ दानविरहरुले प्रत्यक्ष रुपमा सहयोग प्रदान गरेका छन् ।
प्रविधिक शिक्षा सहित त्यसका फिडर स्कुलहरुको गुणस्तर अभिबुद्धी गरी समग्र ढिकुरपोखरी गाविसलाई शैक्षिक केन्द्रको रुपमा बिकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद पौडेलले जानकारी दिए। महोत्सवमा अन्तर्राष्ट्रिय कथावाचक गोविन्दशरण महाराज र मधुर वाणीकी धनी मीरादेवीले श्रीमद् भागवत कथा वाचन गरेका थिए । महोत्सवमा ५१ सय शान्ति कलश पूजन, सहस्रशालिग्राम पूजा, विराट धनधान्याञ्चल महापर्व, तुलादान, चौरासी पूजा, शुभ व्रतवन्ध, शैक्षिक प्रदर्शनी लगायत समावेश गरिएको थियो । साथै महोत्सव समापनका अवसरमा निर्माणको महायज्ञ सुरु भएको घोषणा गरिएको छ ।





Post a Comment

 
Top