0
गोल्डेन न्यूज संवाददाता
पोखरा जेसीज र पोखरा लेडी जेसीजको सन् २०१७ का लागि निर्वाचित कार्यसमितिको संयुक्त पदस्थापन गरिएको छ । पोखरा जेसीज वर्ष २०१६ का अध्यक्ष गोविन्दप्रसाद देवकोटाले २०१७ अध्यक्ष शिवप्रसाद कोईराला र पोखरा लेडी जेसीज २०१६ अध्यक्ष प्रमिला सुवेदीले २०१७ का अध्यक्ष शकुन्तला कोईराला भुषालाई पदभार हस्तान्तरण गरे । पदस्थापन समारोहमा जेसीज चेन प्रदान तथा्र सपथ ग्रहण गराईएको थियो । विभिन्न क्षेत्रका १८ देखि ४० वर्ष उमेर समूहका डेढ सय युवा सदस्य रहेको पोखरा जेसीजको ३७ औं अधिवेशन तथा ४२ औं वार्षिक साधारणसभाले कोईरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। कार्यकारिणी उपाध्यक्षमा शिवप्रसाद सापकोटा सर्वसम्मत चुनिए भने उपाध्यक्षहरु मा प्रकाश घिमिरे, भाईराज रानामगर, शक्ति बरुवाल र बसन्त रेग्मी निर्विरोध चयन भएका छन् । चार निर्देशकहरुमा कुशल पौडेल, शिवराम अधिकारी, शिव केसी र सन्देश पराजुली छन् । एलआरपिसीमा सिनेटर विष्णुबहादुर थापा, प्रमुख सल्लाहकार छविलाल सुवेदी, कानुनी सल्लाहकार शालिकराम गिरी, अध्यक्षीय सल्लाहकारहरु अमृत बास्तोला र शिव सुवेदी, बोर्ड सल्लाहकार किरण केसी, प्रेस सल्लाहकार दीपेन्द्र पहारी, प्रकरण निर्देशक सुवास सुवेदी, शाखा सम्पादक महेन्द्र सापकोटा, वृद्धि सभापति मोहन थापा, शुक्रबासरीय प्रवचनमाला संयोजक मोहनप्रसाद अधिकारी, तालिम आयुक्त सभापति छवि पौडेल, अभ्यास तालिम संयोजक अनन्त प्रधानांग, अनुगमन सभापति सन्तोष शाही, जनसम्पर्क अधिकारी घननाथ सापकोटा, सञ्चार सम्पर्क अधिकारी दिपेन्द्र बस्ताकोटी, अर्थ संकलन सभापति अशोक पौडेल, एलबिएन चेयर पर्सन बद्रिनाथ आचार्य, मानवअधिकार सेल संयोजक यज्ञपुरुष रिजाल छन् । यस्तै, पोखरा लेडी जेसीजको कानुनी सल्लाहकारमा सन्तु पौडेल, कार्यकारीणी उपाध्यक्षमा शोभालक्ष्मी पौडेल, सचिवमा शोभा भुजेल, सहसचिवमा सपना गिरी, कोषाध्यक्ष कमला शर्मा कँडेल (विनिता), उपाध्यक्ष व्यवसायिक तर्फ अनिता थापा, उपाध्यक्ष व्यक्तिगत तर्फ भावना न्यौपाने, उपाध्यक्ष सामुदायिक तर्फ योमाया गुरुङ, उपाध्यक्ष अन्तर्राष्ट्रियतर्फ सविता गौतम छन् । यस्तै शाखा सम्पादकमा शोभा घर्ती, व्यवसायिक निर्देशकमा गंगा केसी, व्यक्तिगत तर्फ सम्झना गिरी, सामुदायिक तर्फ शोभा आचार्य, अन्तर्राष्ट्रियतर्फ सरला लामिछाने र प्रकरण निर्देशमा निर्मल मल्ल निर्वाचित भएका थिए । वृद्धि सभापतिमा लक्ष्मी कुँवर, तालिम आयुक्त सुधा थापा, अर्थ संकलनर्फ लक्ष्मी पाण्डे, शुक्रबासरीय प्रवचनमा पुष्पा सापकोटा, अन्तर शाखा संयोज कउषा कार्की, फेलोशिप प्रमोटर सरस्वती क्षेत्री, एमआरओ अम्बिका भट्टराई, पब्लिक रिलेशन गायत्री फुयाँल, एलबिएन सभापति मुना कोईराला, अवार्ड प्रमोशन चेयरपर्सन सरिता थापा चयन भएका थिए ।
नवनिर्वाचित अध्यक्षद्वय कोईरालाद्वयले सबैको साथ लिएर रचनात्मक कार्यहरु गर्ने बताए । पूर्व अध्यक्षहरु देवकोटा र सुवेदीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै कार्यसमिति पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०१६ का राष्ट्रिय अध्यक्ष रविन्द्र गुरुङले जेसीजको आस्था र सिद्धान्त अनुसार चल्दै सामाजिक रुपान्तरण र विकासमा युवाहरु कटिबद्ध हुन आवश्यक रहेको बताए । सो अवसरमा अतिथिहरु लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी वान निवर्तमान गभर्नर ध्रुब थापा, रोटरी क्लब न्यूरोडका अध्यक्ष टुबराज बास्तोला, पूर्व अध्यक्षहरुको तर्फबाट मिलन ज्ञवाली, लेखनाथ जेसीजका अर्जुन ओझा, मिस पोखरा २०१६ सदिक्षा पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए । वक्तृत्वकलामा प्रथम हुन सफल भाईराज राना मगरलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमको संचालन पोखरा जेसीजका महासचिव मिनराज खड्का र पोखरा लेडी जेसीजकी सचिव शोभा भुजेलले गरेकी थिईन् ।



Post a Comment

 
Top