0
गोल्डेन न्यूज संवाददाता
सहारा क्लव पोखराद्वारा आयोजित १५औं आहारारा गोल्ड कप फुटवल प्रतियोगिताको प्रचार–प्रसारमा साईकल ¥याली आयोजना गरिएको छ । यो ¥याली दोस्रो पटक हो । गतवर्षको संस्करणमा पनि साइकल ¥याली आयोजना गरिएको थियो। साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको विशेष सहयोगमा ¥याली आयोजना गरिएको हो । ¥यालीमा करिब १०० सहभागी थिए। ¥यालीको उद्घाटन गर्दै पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरालाई खेलकूद नगरिको साथै साइकल सिटीकोरुपमा पनि विकास गर्न सकिने बताए । साइक्लिङ संघ कास्कीका अध्यक्ष दीलिपराज श्रेष्ठले सहारा क्लव र आहारारा गोल्डकपका लागि आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको बताए। साइकल सिटीका अध्यक्ष प्रकाश वज्राचार्यले खेलकूदको प्रचार–प्रसार संगै साइक्लिङ गर्न पाउँदा खुशी लागेको बताए ।  सहारा क्लवका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशव बहादुर थापा र महासचिव केशवराज बरालले आहारारा गोल्डकप फुटवल प्रतियोगिता बारे चर्चा गरेको छ ।
 
यसैबीच यहि माघ ४ गते मंगलबारबाट शुरु हुने १५औं आहारारा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता यहि माघ १५ गते शनिबारसम्म संचालन हुनेछ। प्रतियोगितामा आयोजक सहारा, तीन विदेशसहित १२ टीम सहभागी हुँदैछन्। यस प्रतियोगितामा भारत वंगलादेश र अमेरिकाको टीम सहभागी हुँदैछन् । प्रतियोगितामा मनाङ्ग मस्र्याङ्गदी, त्रिभुवन आर्मी,  सशस्त्र प्रहरी वल, नेपाल पुलिस, संकटा क्लब, धरान फुटबल क्लब, सुदूरपश्चिम–११, झापा–११ फुटबल क्लब सहभागी हुँदैछन् ।प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व राष्ट्रिय फुटबल खेलाडी मोतिमान शाक्यलाई सम्मान गरिने सहारा क्लवका महासचिव केशवराज बरालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए। उनका अनुसार पोखराका वरिष्ठ उद्योगपति एवं प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका अध्यक्ष सूर्य बहादुर केसी र सहारा युकेका निवर्तमान अध्यक्ष दिलिप कुमार गुरुङ्गलाई सम्मान गरिनेछ ।





Post a Comment

 
Top