0
गोल्डेन न्यूज संवाददाता
पोखराका पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईले तेश्रो ओम फ्यामिली योगा टेनिस प्रतियोगिताका उपाधि जितेका छन् । ओम फ्यामिली ध्यान केन्द्रको आयोजनामा पोखराको लेकसाइड स्थित गुरुङ्ग भिलेज टेनिस कोर्टमा शनिबार भएको फाइनल खेलमा चन्द्र लामालाई ६–२, ६–२ ले पराजित गर्दै भट्टराईले सो उपाधि आफ्नो नाम गराएका हुन् । माघे सक्रान्ति पर्वका अवसरमा आयोजित प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि योग परिषद् नेपालका पूर्वाध्यक्ष समेत रहेका मानव अधिकारकर्मी टेकनाथ बरालले ट्रफी सहित नगदले पुरस्कृत गरे । पुरस्कार वितरण गर्दै बरालले खेलाडीहरुले राम्रो खेल पस्किन मन शुद्ध पारेर खेल्नुपर्ने बताए । उत्कृष्ट बन्नका लागि आहार बिहारमा पनि ध्यान पु¥याउन उनले खेलाडीहरुलाई आग्रह गरे । अर्का विशेष अतिथि नेपाल प्रहरीका एआइजी राजेन्द्रसिंह भण्डारीले पर्यटकीय नगरी पोखराले खेलकुदका माध्यमबाट पनि पर्यटन विकास गर्न सक्ने बताए । कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले ओम फ्यामिलीले पोखरामा वर्षेनी टेनिस प्रतियोगिता आयोजना गरेर पोखरामा टेनिस खेलको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको बताए । प्रतियोगिता आयोजक ओम फ्यामिलीका अध्यक्ष सुनिल श्रेष्ठले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । साथै उनले आगामी वर्षमा प्रतियोगितालाई अझै परिस्कृत गर्दै लैजाने बताए । कास्की जिल्ला टेनिस संघका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए । प्रतियोगितामा हुम आलेले उदयमान खेलाडी तथा लोक गुरुङ्गले वेष्ट पर्फमरका उपाधि पाए । यसैबीच प्रतियोगिताको उपाधि विजेता गोपीबहादुर भट्टराईले कास्की जिल्ला टेनिस संघद्वारा स्थापित खेलाडी भलाई अक्षय कोषमा २५ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् । साथै उनले पुरस्कार वापत प्राप्त गरेको नगद पनि प्रतियोगिताका प्राविधिकहरुलाई सहयोग प्रदान गरे ।




Post a Comment

 
Top