0
गोल्डेन न्यूज संवाददाता
 लायन्स क्लव इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ वी १ मा करिब २ महिना अघि नै चुनावी सरगर्मी बढ्न थालेको छ । यो संगै क्लवको भावी नेतृत्वका लागि उम्मेदवारी घोषणा शुरु भएको छ । क्लवको पाचौं राष्ट्रिय महाधिवेशन आगामी चैत्र ५ गते काठमाडौंमा हुँदैछ ।  क्लवको आगामी द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरका लागि लायन्स क्लब अफ काठमाडांै भृकुटीकी संस्थापक अध्यक्ष समेत रहेकी ईन्दु लम्सालले उम्मेदवारी घोषणा गरेकी छन्। उनले गत शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेकी हुन् । घोषणासभामा गभर्नर वालकृष्ण बुर्लाकोटी, पिएमसिसि द्वय राजन लम्साल र गिरीधारी शर्मा निर्वतमान डिष्ट्रिक्ट गभर्नर ध्रुव थापा, प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर धनराज आचार्य, द्वितीय भाइस डिष्ट्रिक्ट गर्भनर अशोक श्रेष्ठ काठमाडांैका विभिन्न क्लवका अध्यक्षहरु, क्याविनेट पदाधिकारीहरु,  गण्डकी–धौलागिरी, धादिङ्ग र नुवाकोटका सिनियर पदाधिकारीहरु सहभागी थिए ।  डिष्ट्रिक्टको भावी गभर्नरमा पोखराका धनराज आचार्य हुनेछन् । उनी हाल प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर छन् । लम्सालको उम्मेदवारी घोषणासभामा डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी, निवर्तमान डिष्ट्रिक्ट गभर्नर ध्रुब थापा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठ, आइपिडिजी, पिएचिफ एओजी विश्वेश्वर आचार्य, पिएमसिसि गिरधारी शर्मा, पिएमसिसि राजन लम्साल, लायन्स रेन्बो सिटीका अध्यक्ष ईन्द्रकुमार श्रेष्ठ, जोन चियरपर्सन सूर्य केसी, रिजन चियरपर्सन पार्वती खरेल, डिष्ट्रिक्ट एडभाइजर सुचित्रा थापा, चिफ पिआरओ चन्द्रकुमार केसी, चिफ सेन्टेनियल प्रोग्राम रामशरण रिमाल,   लगायतले ईन्दु लम्सालकने जित सुनिश्चित रहेको बताएका थिए ।  १६ वर्ष अघि लायन्समा प्रवेश गरेकी लम्साल काठमाडौं क्रियाशिल महिला लायन्स क्लवहरु मध्ये सबैभन्दा उत्कृष्ट र पुरानो लायन्स क्लव अफ काठमाडौं भृकुटीको संस्थापक अध्यक्ष हुन् । उनी १० वर्ष भन्दा बढी डिष्ट्रिक्टको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आइरहेकी छन् । आफ्नो उम्मेदवारी घोषणा सभामार्फत लम्सालले लायन्सलाई समय अनुसार परिमार्जन गर्ने, महिला केन्द्रित विभिन्न योजना अघि बढाउने प्रतिवद्धता जनाएकी छन् । उनले डिष्ट्रिक्ट गभर्नरलाई सफल बनाउन हर प्रयास गर्ने र विभिन्न योजनालाई अन्तर्राष्ट्रिय लायन्सबाट स्वीकृत गराउन पहल गर्ने समेत बताएकी छन् ।  डिष्ट्रिक्टका हरेक गतिविधि तथा आर्थिक क्रियाकलाप लाई पारदर्शी बनाउनुका साथै लायन्स फाउण्डेशन लाई अझ बलियो बनाउने समेत उनको प्रतिवद्धता छ ।  मोफसलका क्लबलाई विशेष प्राथमिकताका साथ सहयोग गर्ने कार्यक्रमा पनि आफ्नो योजनामा रहेको उनले स्पष्ट पारेकी छन् ।‘समाज सेवामा महिलालाई कसरी समर्पित गराउन सकिन्छ, महिलाहरुले आफ्नो घर व्यवहार सहित बाहिर निस्केर कसरी समाज सेवा गर्न सक्छन् भनेर अग्रणी भूमिका खेलेर हिंहिरहेकी पनि छु’, उम्मेदवारी घोषणासभामा उनले भनिन्–‘धेरै साथीहरुको सहयोग, अग्रजहरुको साथ र समर्थन पाएकै कारण मैले द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा उम्मेदवारी दिएकी हुँ । साथीहरुले मैले लायन्समा रहेर गरेको दुःख र परिश्रमको पक्कै पनि कदर गर्नुहुनेछ भन्नेमा म ढुक्क छु ।’  लायन्समा लागेर आफूले धेरै े योगदान दिएको सबैलाई पूर्ण रुपमा जानकारी भएकाले आफूलाई सबैले  साथ दिनेमा आफू ढुक्क रहेको उनले स्पष्ट पारिन् ।


Post a Comment

 
Top