0
हाम्रो परिवर्तन नेपालको प्रथम साधारणसभा सम्पन्न भएको छ । नेपालमा स्वास्थ्य, शिक्षा तथा खानेपानीका क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको संस्थाको पहिलो साधारणसभा तथा अधिवेशनले डा. ढाका कुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा मणि न्यौपाने, उपाध्यक्षहरुका राधा पौडेल र मिन बहादुर बस्नेत रहेका छन् । सचिवमा विमल बराल, सह–सचिवमा सूर्यबहादुर नेपाली, कोषाध्यक्षमा संगीता सुवेदीलाई निर्वाचित गरिएको छ । त्यसैगरि सदस्यहरुमा नमराज तिमिल्सिना, दिपक सापकोटा, नन्दु पोखरेल रहेका छन्। अधिवेशनले  डिल्लीराम भट्टराई, परमेश्वर बस्ताकोटी र केशव दवाडीलाई सल्लाहकारमा चयन गरिएको छ । साधारणसभाको उद्घाटन गर्दै डिडा नेपालका अध्यक्ष गिरीधारी सुवेदीले परिवर्तनका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । नेपालमा अझै धेरै विकासको खाँचो रहेको औल्याउँदै उनले सकारात्मक सोचका साथ अगाडि बढ्न सबैलाई अनुरोध गरे । कार्यक्रममा परिवर्तन नेपालका अध्यक्ष डा.ढाकाकुमार श्रेष्ठले संस्थाले पानीको चरम अभाव भएको कास्कीको कास्कीकोटमा बोरिङ्ग खन्ने प्रक्रिया अघि बढाएको जानकारी दिए ।  त्यसैगरि पोखरा र आसपासका जिल्लाहरुको निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन भैरहेको र अब बाँकी ठाउँहरुमा पनि शिविरहरु सञ्चालन हुँदै जाने उनले जानकारी दिए। कार्यक्रमका संस्थाका उपाध्यक्ष मणि न्यौपानेले अब भौतिक विकास र चेतनाको स्तर बृद्धि गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा राधा पौडेल, डिल्लीराम भट्टराई, दिपक सापकोटा, पत्रकार माधव पनेरु र कमल बराल, केशवराज दवाडी, होमबहादुर सुनार, निरज पन्त लगायतले बोलेका थिए । हाम्रो परिवर्तन नेपालले देश बाहिर पनि आफ्नोे शाखा विस्तार गरेको छ । हाल दुबईमा शर्मिला रानभाटको अध्यक्षतामा  १३ सदस्य समिति गठन भएको सो अवसरमा जानकारी दिइयो । सो समितिको उपाध्यक्षमा धर्मकुमार आले, सचिवमा छविलाल सुनार, सह– सचिवमा मनिराज श्रेष्ठ, कोषाध्यक्षमा शिव रानाभाट लगायत रहेका छन ।


Post a Comment

 
Top