0
नेकपा एमाले कास्कीकोट गाउँ कमिटीको आयोजनामा राष्ट्रिय एकता समृद्धि र स्वाभिमान संविधानको कार्यान्वयन भन्ने नाराका साथ कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम कास्कीकोटमा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सल्लाहकार निवर्तमान स्वास्थ्यमन्त्री खगराज अधिकारीले संविधान कार्यान्वयन गरेर अगाडि जानुपर्ने बताउँदै मुलुकलाई चुनाव गरी निवास दिनुपर्ने र संविधान संशोधनमा अल्झिन नहुने बताए ।
प्रमुख अतिथि अधिकारीले एमालेले मात्र देशलाई बचाउन सक्ने बताउँदै संविधान संशोधनको प्रस्तावले मात्र स्थानीय निकायको चुनाव गराउन नसक्ने बताए । नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य मित्रकुमारी सुवेदी गुरुङ्ग, नेकपा एमाले कास्की सचिव दामोदर बैरागी, क्षेत्रीय कमिटी ४ का अध्यक्ष विष्णु बहादुरले मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपा माओवादी परित्यागरी डिल्लीराम सुवेदीको नेतृत्वमा २५ जना र नेपाली काँग्रेसका क्रियाशील सदस्य नारायण सुवेदीको नेतृत्वमा ३० जना लगायतका व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका थिए । उक्त अवसरमा प्रमुख अतिथि अधिकारीले फूलमाला र खादा ओढाई पार्टीको सदस्यता प्रदान गरेका थिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटीका सचिव सदस्य लगायत गाउँ कमिटीका पदाधिकारीहरु गरी ५ सयको उपस्थतिको रहेको थियो । कार्यक्रम गाउँ कमिटीका अध्यक्ष मनोहरि त्रिपाठीको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको संचालन गाउँ कमिटीका उपसचिव अग्निधर त्रिपाठीले गरेका थिए ।


Post a Comment

 
Top