0
माछापुछ«े हिमाल त हामी सबैले धेरैपटक देखेका छौं । तर, आँखै अगाडि अर्थात सीधै देख्न पाउनुको मज्जा बेग्लै हुन्छ । दर्जनौंपटक पोखरा पुगेर फेवातालको छेउबाट माछापुछ्रे देखे पनि अल्ट्रामा चढ्ने पहिलो अनुभव संगाल्नेहरुले माछापुछ्रेको वास्तविक सुन्दरता देख्न सक्छन् । अल्टा फ्लाइटबाट माछापुच्छ«ेलगायत दर्जनौं हिमाल आँखै अगाडि हेर्न पाइन्छ । विशेष गरी माउन्ट फ्लाइटकै लागि अल्ट्राको डिजाइन गरिएको बताउँछन् नेपालकै पहिलो अल्ट्रा फ्लाइट कम्पनी एभिया कल्बका म्यानेजर रिजन रिजाल।  उनी  भन्छन्–‘हुन त जहाजहरुले पनि माउन्टेन फुलाइट गर्छन् तर जहाजको गति बढी हुने र केही टाढाबाट उड्ने भएकाले माउन्टेन फ्लाइटको मज्जा अल्ट्राको जति हुँदैन ।’ रिजाल  भन्छन्–‘सन् १९९६ देखि निरन्तर रुपमा हामीहरुले पर्यटकलाई अल्ट्रामार्फत उडाइरहेका छौं । पहिले पहिले त विदेशी पर्यटकहरुमात्रै अल्ट्रामा उडान गर्थे, अहिले नेपालीहरु पनि अल्ट्रामा उडान गर्न थालेका छन् ।’ पोखरमा अल्ट्रा उडान गर्ने तीनवटा कम्पनी छन् । आन्तरिक तथा बाह्य पर्यटकहरु बर्षेनी करिब दुई हजारका दरले एभिया क्लवबाट उडान गर्ने गरेको रिजालले बताए । यसमध्ये नेपालीहरु २५ प्रतिशत रहेको उनको भनाइ छ । ‘कम्पनीको सुरुवातको समयको करीब दुई बर्ष सित्तैमा उडान गरेका थियौं, विभिन्न ट्राभल कम्पनी तथा सरकारी निकायहरु लाई बुझाउनकै लागि पनि यस्तो गर्नु परेको थियो’ रिजालले भने–‘तर अहिले विस्तारै अल्ट्राको उडानको महत्व र आनन्द बुझ्दै गएर होला, नेपालीहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।’ प्याराग्लाइडिङमा इञ्जिन नभएका कारण अनि हावाको बेगले हल्लाउने हुँदा अल्ट्रामा उडान गर्दा सजिलो हुने रिजाल बताउँछन् ।
पैसा कति लाग्छ ? कहाँ कहाँ पुगिन्छ ?
एभिया कल्बले अल्ट्रामा १५ देखि ९० मिनेटसम्म उडान गरिरहेको छ । यसका लागि नेपालीहरुलाई क्रमशः ७ हजार ५ सयदेखि ३३ हजार ५ सय रुपैयाँसम्म लाग्ने उनले बताए । १५ मिनेटको उडान समयमा पोखरा उपत्यका, स्तुपा, ओभर फेवा, सराडकोट माथिसम्म उडान गर्न सकिन्छ । ३० मिनेटको उडानमा पोखरा उपत्यका, स्तुपा, ओभर फेवा, र नजिकै सराङकोट र माछापुच्छ«े हिमालको नजिकै उडान गर्ने गरेका छन् । त्यस्तै ६० मिनेटको उडानमा पोखरा उपत्यका, स्तुपा, ओभर फेवा, सराडकोट र माछापुच्छ«े र अन्नपूर्ण हिमाल नजिकै पुग्न सकिन्छ । ९० मिनेटको उडानमा पोखरा उपत्यका, स्तुपा, ओभर फेवा, सराडकोट सहित पोखराबाट देखिने अधिकांश हिमाल नजिकै उडान गर्ने गरिएको एभिया कल्बका पाइलट भीमराज लामिछाने बताए । विशेष गरी अक्टोबर, नोभेम्बरमा हिमाल राम्रोसँग देखिने भएकाले यो मौसम अल्ट्राका लागि उपयुक्त हुने लामिछानेको भनाइ छ । पोखरामा अक्टोबर, नोभेम्बर, डिसेम्बरका साथै मार्च र अप्रिलमा अल्ट्रा उडान निकै व्यस्त रहने गरेको छ । नेपालमा पहिलो अल्ट्रा कम्पनी मात्रै नभएर आफूहरुले अल्ट्रासम्बन्धी जानकारी दिने र पाइलटहरु समेत उत्पादन गरिरहेको रिजाल बताउँछन् । यसका लागि विदेशबाट समेत पोखरामा प्रशिक्षण लिन आउने गरेको उनले बताए ।
भरतवन्धु थापा




Post a Comment

 
Top