0
गोल्डेन न्यूज संवाददाता
पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आतिसबाजीसहित नयाँ वर्ष–२०१७ लार्इ स्वागत गरिएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आयोजित ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गरिएको हो । आतिसबाजी गर्दा त्यहाँ उपस्थित हजारौं दर्शक सहभागी हुँदै रमाए। जब आयोजकले सांगीतिक कार्यक्रम भइरहेको स्थानमा ‘हृयाप्पी न्यू ईअर’भन्दै अतिसबाजी गरे तब दर्शकको ताली र हुटिङले लेकसाइड गुञ्जयमान भयो । नयाँ वर्षको स्वागतार्थ हजारौं दर्शक शनिबार राती लेकसाइड पुगे । विशेष गरेर युवायुवतीको बाक्लो सहभागिता थियो । अन्य समयमा बाहृय पर्यटकको चहलपहल बढी हुने लेकसाइडमा शनिबार नयाँ वर्षको स्वागतमा आन्तरिक पर्यटकको संख्या हृवात्तै बढ्यो । लेकसाईडको करिब ३ किलोमिटर सडकमा आयोजित ‘पोखरा सडक महोत्सव’मा विहानदेखि मध्यरातसम्मै दर्शकको चाप थियो । महोत्सवको अवसरमासबै होटलहरु भरिभराऊ हुँदा कयौं दर्शकहरु मध्यरातमा घर फर्किए भने अग्रीम बुकिङ गर्नेहरु होटलमै बास बसे ।





Post a Comment

 
Top