0
गोल्डेन न्यूज संवाददाता
विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी र तिनका अभिभावकहरु लाई विभिन्न परार्श दिने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ  (इक्यान) कास्कीले आयोजना गर्ने चौथो ‘वृहत् शैक्षिक मेला–२०७३’ को तयारी करिब अन्तिम चरणमा पुगेको छ । पुस २७ देखि २९ गतेसम्म पोखरा सभागृहमा हुने मेलाको लागि स्टल बुकिङ र प्रायोजकहरुको व्यवस्था भइसकेको  आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । इक्यानमा आबद्ध पोखराका शैक्षिक परामर्शदाता संस्थाहरुको सहभागितामा मेला सञ्चालन गर्न लागिएको इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक रमेशकुमार थापाले जानकारी दिए। विगतका वर्षमा इभेन्ट व्यवस्थापन गर्ने छुट्टै संस्थालाई मेला संचालन र व्यवस्थापनको जिम्मेवारी दिने गरिएकोमा यसपटक भने इक्यानका सदस्य संस्थाहरु आफैले मेलाको आयोजना गरेका छन््। जसका कारण विगतको तुलनामा मेलाका लागि प्रायोजन गर्ने संस्थाहरुले थोरै रकम तिरे  पुग्ने भएको छ। यसअघिका मेलामा इभेन्ट म्यानेजमेन्ट कम्पनीले इक्यानका सदस्यहरुबाट नै विभिन्न बाहनामा ३० लाख रुपैयाँ भन्दा बढी अशुल्ने गरेकोमा यसवर्ष इक्यान सदस्यहरुले करिब १२ लाख रुपैयाँमा नै मेला सम्पन्न गर्ने र करिब ३ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखेका छन् । बचत भएको रकम संस्थाको हित र सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न विद्यार्थीको हित लगायतमा खर्च गरिने बताइन्छ । नेपाली विद्यार्थीलाई स्वेदशी एवं विदेशी शिक्षा प्रणाली तथा त्यसको भविष्यका विषयमा सूचना प्रवाह गर्न मेला निकै उपयोगी हुने इक्यान कास्कीका अध्यक्ष मिलन तिवारीले बताए । ‘स्वदेश तथा विदेशस्थित कलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुनेसक्ने छात्रवृत्ति, सहुलियत, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँच लगायत विविध विषयका लागि मेला प्रभावकारी हुनेछ,’–उनले भने । मेलामा कास्की तथा पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट लक्षित करिब २५ हजार विद्यार्थी तथा अभिभावकहरु सहभागी हुने बताइन्छ । उच्च शिक्षाका लागि विभिन्न देशका विश्वविद्यालयमा जाने विद्यार्थीहरुको आकर्षण बढेकाले मेला प्रभावकारी हुने इक्यानका केन्द्रीय सदस्य डि.बि. गुरुङले बताए । उनका अनुसार इक्यानले तयार गरेको आचारसंहिता र सरकारले तयार गरेको मापदण्ड अनुसार एजुकेशनल कन्सल्टेन्सी संचालन गर्नुपर्ने भएपनि कतिपय शैक्षिक संस्थाहरु हचुवाको भरमा संचालन भइरहेका छन् । जसका कारण पोखरामा १०० भन्दा बढी संस्थाले विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि पठाउने काम गरिरहेको भएपनि इक्यानमा ३५ वटा संस्थामात्र सदस्य रहेका छन् । सरकारले पछिल्लो समयमा तयार गरेको मापदण्ड अनुसार अनुगमनको दायरमा पर्नका लागि ८३ वटा संस्थाले आवेदन गरेको गुरुङले बताए ।  मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलिया, न्युजील्याण्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने सचिव भुवन क्षेत्रीले जानकारी दिए । ‘विद्यार्थीका लागि प्रभावकारी ढंगले परामर्श प्रदान गर्नेछौं,’ उनले भने,–‘एकै थलोबाट सबै प्रकारका विश्वविद्यालय र देशहरुको उच्च शिक्षाका बारेमा विद्यार्थी र अभिभावकलाई परामर्श प्रदान गरिनेछ । सरकारबाट स्वीकृति प्राप्त प्रतिष्ठित शैक्षिक परामर्शदाता संस्थाहरुका अनुभवी एवं तालिम प्राप्त परामर्श दाताहरुको झण्डै ५० वटा स्टल मेलामा राखिने प्रचार–प्रसार संयोजक पूर्ण न्यौपानेले जानकारी दिए । इक्यान कास्कीको व्यवस्थापन तथा नमस्ते एजुकेशन इन्स्ट्रिच्युटको प्रस्तुतिामा मेला हुन लागेको हो । नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सर मिराकल इन्स्टिच्युट, एशोसिएट पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेशन र मुख्य प्रायोजक थर्ड आई रिसर्च सेन्टर रहेका छन् । त्यसै गरि सपोर्टेट बाईमा डेल्टा एजुकेयर नेपाल छ भने पावड्बाइमा कुइन्सर्फोड कलेज रहेको छ ।  मेलाको अन्य प्रायोजकमा किङ फिसर एजुकेशन कन्सल्टेन्सी, मिराई एजुकेशन कन्सल्टेन्सी, बर्नहर्ट एजुकेशन कन्सल्टेन्सी, लेट्स एजुकेशन कन्सल्टेन्सी, ट्रिनिटी एजुकेशन फाउन्डेसन, एजुकेशनल स्टडी लिंक, युनिस्टार एजुकेशन, एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज, टार्गेट इन्टरनेसल एजुकेशन र एक्सल पोखरा एजुकेशन कन्सल्टेन्सी र ट्राभल्स पाट्र्नसमा इन्जोय नेपाल टुर एण्ड ट्राभल्स छन् ।








Post a Comment

 
Top