0
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना वेलायती सोलो प्याराग्लाइडिङ पाईलटको मृत्यु भएको छ । कास्कीको सराङकोटबाट उडान भरेका वेलायत लिभरपुलका ६८ बर्षीय मिचाईल पिटर व्ल्यानचार्डको प्याराग्लाईडिङको क्रममा आइृतबार करीब दिउसो ३ बजे दुर्घटनामा पर्दा उपचारको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार उनले उडान भरेको केहि सेकेण्डमै आकाशमा प्याराग्लाईडिङ अनियन्त्रित भई रुखमा ठोकिन पुगेको थियो । वेलायतबाट २१ जनवरीमा काठमाडौं आएका पिटर २२ तारिखमा नेपाल नागरिक उड्डयन कार्यालय पोखराबाट सोलो प्याराग्लाईडिङको अनुमति लिएर उडान गरेको पोखराका पर्यटक प्रहरी निरीक्षक जयराम महन्तले  जानकारी दिए । उडान भरेको केहि सेकेण्डमै रुखमा ठोकिन पुग्दा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा आईतबार मृत्यु भएको हो । पिटरको पासपोर्ट नम्बर ५१२८७६२६४ रहेको छ । उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पिटरले सराङकोट बाट उडान भरेको करिब एक सय मिटर टाढा पुग्दा नपुग्दै रुखमा ठोकिन पुगेको बताईन्छ । हवाई खेलकुद संस्था नाका उपाध्यक्ष सोवित बानियाले आधिकारीक रुपमा प्याराग्लाइडिङ गर्दा राम्रोसंग अनुगमन नगरी उडान दिदा यस्ता घटना दोहोरिने गरेको दाबी गरे । उनले भने–‘विदेशी भन्दैमा कुनै देशमा प्याराग्लाईडिङ गरेको भरमा एकै पटक सहज ढंगले हामीले यहाँ प्याराग्लाईडिङ अनुमति दिंदा यो हालत भएको हो, यसमा उनीहरुको राम्रोसंग योग्यताको परीक्षण हुनुपर्दछ ।’


Post a Comment

 
Top