0
गोल्डेन न्यूज संवाददाता
सरकारले अब पोखरासम्म आउने सडकलाई पनि फराकिलो बनाउने भएको छ। सडक विभागले अहिले पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन–नारायणगढ सडकखण्डलाई चार लेनको बनाउने तीव्र अघि बढिरहेको छ । एशियाली विकास बैंकको सहयोग आउने भएपछि मुग्लिन–पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको विस्तृत डिजाइनिङ थालिएको विभागले जनाएको छ । क्यानेडियन कम्पनी एमएमएम ग्रुपले मुग्लिन–पोखरा सडकको डिजाइनिङको जिम्मा पाएको छ र, उसले फिल्डमै पुगेर सडकको अवस्था हेरेर डिजाइन तयार गर्नेछ ।
मुग्लिन–पोखरा सडकखण्ड विस्तारका लागि एडिबीले सहुलियत ब्याजदरमा ऋण दिने सैद्धान्तिक सहमति जनाएको छ । तर, ऋण सम्झौता भने भएको छैन । ‘नेक्स्ट’ प्रोजेक्टका रुपमा पोखरा पुग्ने सडकलाई स्तरउन्नति गर्न ऋण दिन एडिबी तयार रहेको सडक विभागका एक उच्च अधिकारीले बताए । उनका अनुसार केही समयभित्रै यो खण्ड विस्तारको मोडल तयार हुनेछ । भौगोलिक अवस्थालाई मध्यनजर गरेर यो सडकको डिजाइन हुने विभाग स्रोत बताउँछ । ‘यो सडक बन्ने क्षेत्रको भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन हुनेछ’ विभागका अधिकारीले भने । विस्तार भएपछि अन्य डिभाइडरको दुईतर्फ सडक ७÷७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । डिजाइनबाट नै यो सडकखण्ड कस्तो बन्ने भन्ने टुंगो लाग्ने भएकाले निर्माण मोडेलसहितका विषय केही समय पछि भन्न सकिने सडक विभागका अधिकारीहरु बताउँछन् । तर, सडक चार लेनको भएपनि बीचमा ग्रीनरीका लागि ‘मिडियम’ नराख्ने प्रारम्भिक तयारी छ । सडकलाई आधुनिक प्रविधिबाटै निर्माण गर्ने योजना छ । साथै यो खण्ड विस्तारका लागि कति लागत लाग्छ भन्ने टुंगिएको छैन । डिजाइन सकिएपछि लागतबारे पनि अनुमान गर्न सकिने विभागका अधिकारी बताउँछन् । सडकखण्ड विस्तार पछि पोखराको महत्व झनै बढ्नेछ । त्यहाँ पुग्ने आन्तरिक तथा विदेशी पर्यटकलाई सडक यात्रा सहज हुनेछ । साथै पोखरामा बन्न लागेको बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थललाई पनि यो सहयोगी हुनेछ भने यातायात सञ्जाल थप मजबुत र स्तरीय हुने विभागका अधिकारी बताउँछन् । विभागले निकट भविष्यमै बुटवल–नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउँदैछ । नारायणगढ–मुग्लिन सडक पनि विस्तारको लागि काम भइरहेको छ । मुख्य राजमार्ग फराकिलो पार्ने योजना अब पोखरासम्म पुग्न लागेको हो । यसले भारतबाट आउने पर्यटकलाई पनि पोखरा पुग्न निकै सहज हुनेछ । यसैबीच आँबुखैरहनी क्षेत्रमा पर्ने मस्र्याङ्दी जलविद्युत आयोजना क्षेत्रको सडक भने विस्तार गरिने छैन । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेको विभागको ठहर छ । यो क्षेत्रका सडक स्तरीकरण मात्रै गरिनेछ । आयोजनालाई प्रभाव पर्ने गरी सडक विस्तार नहुने विभागले जनाएको छ । यो खण्डका मुख्य बस्ती र शहरी क्षेत्रमा पनि सर्भिस लेन राखिनेछ । सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न र उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । जसले यात्रुलाई मात्रै सहज हुने नै छ, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ । यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पर्यटकीय सहर पोखरा र व्यापारिक केन्द्र भैरहवालाई जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गरिने बताएका छन् । स्याङ्जा जिल्लाको भौतिक विकास निर्माणका विषयमा जिल्ला सदरमुकाममा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री लेखकले भने– “दुई लेनको सडकलाई विस्तार गरी अब चार लेनको बनाउनेमा सरकार अगाडि बढ्दै छ ।” मन्त्री लेखकले जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गरिने जानकारी पनि दिए । मन्त्री लेखकले सदरमुकामस्थित आँधीखोलामा निर्माण गरिएको पक्की पुलको पनि शिलान्यास गरे ।







Post a Comment

 
Top