0
गोल्डेन न्यूज संवाददाता
पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकले आफ्नो अन्तिम तथा १३औं स्थापना दिवस मनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना र वृद्धाश्रममा सहयोग ग¥यो । रक्तदानमा ३८ युनिट रगत संकलन भएको छ । बैंकका अध्यक्ष पद्यप्रसाद पौडेलले पहिलो रक्तदाता बैंकका संचालक बासुदेव त्रिपाठीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख खतिथिको वरिष्ठ न्यूरोसर्जन प्राध्यापक डा.उपेन्द्र देवकोटाले रक्तदान कार्यक्रम आयोजना गरेर महत्वपूर्ण कार्य गरेको बताए । उनले बैंकिङ क्षेत्रमा आफ्नो अनुभव समेत सुनाएका थिए ।  कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष पद्यप्रसाद पौडेलले सामाजिक उत्तरदायित्व वहन गर्दे यस्ता कार्यक्रमहरु गर्न पाउँदा खुसि लाग्ने र सम्पूर्ण बैंक परिवारमा सन्तुष्टी प्राप्त हुने वताए ।  बैंकका प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न प्रयत्नशिल रहेको र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताए । कार्यक्रममा फेवा विकास बैंकका अध्यक्ष विन्दुकुमार थापा, प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यको पनि उपस्थिति रहेको थियो । यसैगरी बंैकले पोखरा उप–महानगरपालिका वडा नंं. १८ बाच्छीवुडुवा स्थित वात्स्यायन बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई कम्बल तथा खाद्यान्न सामाग्री वितरण गरेको छ ।

यसैबीच गण्डकी विकास बैंक र फेवा विकास बैंकसँग एक आपसमा मर्जर गर्ने भइसकेको छ । बैकको केही अघि सम्पन्न साधारण सभाले फेवा विकास बैंकसँग मर्जर प्रयोजनका लागि शेयर स्वाप अनुपात एक बराबर एक हुने प्रस्तावलाई समेत पारित गरेको थियो । मर्जर पश्चात बैंकको नाम गण्डकी विकास बैंक लिमिटेड कायम हुने छ भने बैंकको संचालक समिति अध्यक्षमा जगनबहादुर गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा रहेन छन् भने गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा रहनेछन् । मर्जर पश्चात बैंकको कुल चुक्ता पुँजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार दुई सय पुग्नेछ भने कुल शाखा संख्या ५० र एटिएम संख्या २० पुग्नेछ । बैंकको प्रधान कार्यालय भने काठमाडौंमा रहनेछ । बैंकले चालु आ.व.को पौष मसान्त सम्म ५ अर्व ८७ करोड निक्षेप संकलन गरी ५ अर्व १९ करोड कर्जा लगानी गरेको छ । सोही अवधिमा १४ करोड ६६ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ ।














Post a Comment

 
Top